मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, September 18, 2011

व्यङ्ग्यः गुँदपाक बुलेटिन

वाणिज्य विभागले गुँदपाक भण्डारमा छापा मारेपछि आजभोलि सहर बजारमा जताततै गुँदपाककै चर्चा छ। त्यस्तै चर्चालाई व्यङ्ग्यको रुप दिएका छन् चिरञ्जीवी पौडेलले-
बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो
कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
अस्पतालको सैय्याबाट उनले भनिन्, ‘यो भन्दा त बरु गू नै कोच्याएको भए कम्तिमा अस्पताल त आउन पर्दैनथ्यो।’ प्रत्यक्षदर्शीहरुका अनुसार महिलाकी कान्छी छोरीको अनुहारमा पनि गुँदपाकका छिटाहरु परेको थियो। गुँदपाक ख्वाएर ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन्। स्थानीय मानवअधिकारवादी संघ–संस्थाहरुले गुँदपाक र रसभरी खुवाउनेलाई कडाभन्दा कडा कारवाहीका लागि सरकारसमक्ष माग गरेका छन्।

गुँदपाक खाएर आत्महत्या
प्रेममा असफल भएपछि एक तेस्रोलिंगी युवतीले गुँदपाक खाएर आत्महत्या गरेकी छिन्। आफूजस्तै अर्की युवतीसित बिहे गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि आत्महत्याको बाटो रोजेको उनले बताइन्।
उनको शव नजिकै एउटा सुसाइड नोट र गुँदपाकको खाली पोका भेटिएको प्रहरीले जनाएको छ। युवतीका ‘फादर’ भन्छन्, ‘मुसा मार्न भनेर घरमा एक प्याकेट गुँदपाक ल्याएको त ‘डटर’ले ‘मिडनाइट’मा कोप्ल्याक्क पारिछ। मेरो त ‘शिप’ नै डुब्यो।’ मृतक युवतीले भने स्वादिलो तथा चाँडो असर गर्ने भएकाले आफूले मृत्युका लागि गुँदपाक नै रोजेको सुसाइड नोटमा बताइन्।
विष व्यवसायीहरु मर्कामा
गुँदपाक लगायतका खाद्य वस्तुहरु विषाक्त रहेको पाइन थालेपछि असली विष उत्पादकहरु विस्थापित हुन थालेका छन्। उनीहरुले वाणिज्य विभागले गरिरहेको बजार अनुगमन तत्कालै रोक्न माग पनि गरेका छन्।
विष व्यवसायीहरुका अनुसार वाणिज्य विभागले अनुगमन थालेलगत्तै विषको बजार घट्न सुरु भएको हो। आत्महत्याका लागि मानिसहरुले ठूलो परिमाणमा विष उपभोग गर्ने गरेकोमा अहिले त्यसको ठाउँ गुँदपाक र मिष्ठान्नहरुले लिन थालेको छ। उपभोक्ताहरुले भने विष उत्पादकहरुकै कारण उनीहरुको बजार संकटमा परेको आरोप लगाएका छन्। विषमा अत्यधिक मिसावट हुने गरेकाले यसको प्रभावकारिता त्यति नरहेको उनीहरुको दावी छ।
अब एकैछिन कमर्सियल ब्रेक-
विज्ञापन
श्रीमती हैन यो मध्यरातमा के गर्न लाग्नुभएको?
श्रीमानः देखिनौ, झुण्डिएर आत्महत्या गर्न लागेको!
श्रीमतीः आत्महत्या गर्न पनि सिलिङमा झुण्डिरहनु पर्छ त? एक पाकेट गुँदपाक किनेर खाए त भइहाल्छ नि !
श्रीमान : ए हो र? अनि यो कहाँ पाइन्छ नि?
श्रीमतीः न्यूरोड गेटसँगै रहेको गुँदपाक भण्डारमा।
श्रीमानः महंगो पनि त होला?
श्रीमतीः गुणस्तरका लागि दुई–चार पैसाको मुख हेर्नु पनि त भएन नि!
श्रीमानः त्यो त हो। म भोलि नै न्यूरोडमा रहेको गुँदपाक भण्डारमा जान्छु।
दुवै : बालकदेखि बृद्धसम्मका लागि न्यूरोडको गुँदपाक।
बच्चा : यसको स्वाद पनि कत्ति मिठो छ!
(तपाईं पनि अकाल मृत्युको सपना साकार पार्न चाहनुहुन्छ भने न्यूरोडको गुँदपाक भण्डारमा सम्पर्क राख्नुहोला!)
यसका साथै आजको हाम्रो यो गुँदपाक बुलेटिनको समय यहीँ सकिएको छ। ताजा अपडेटका लागि हेर्दै गर्नुस् गुँदपाकभित्रको खबर….


गुँदपाक को बारेमा किन यस्तो भनेर जान्नको लागि लागम हामि history तिर

Friday, August 5, 2011

बकैनाको बूढो रुख

समयले आरुका रुखमा 'हाइटेक सपना' फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ?
उनले भनेका थिए, 'आरुबारीमा आएर जसलाई सोधे पनि भनिदिन्छन्, मेरो ठेगाना ।'
निर्धक्क आफ्नो 'ठेगाना' बनाएका उनी थिए- रमेश विकल । जो कोर्सका कथाहरूमा आफ्नो परिचय बोकेर कैलालीको मटेरामा पनि आइपुगेका थिए ।

मैले भगवान देखें

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । 'अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,' यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती

धन्यै मरिगएको .

कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि 'भिआइपी' साहुजीलाई छट्पटी थियो। होटलको नाम 'भिआइपी' राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो।
मसित उनका नौ-दस वर्षका दुइ छोरा र

अलबिदा भवानी दाइ

भवानीदाइले एकहप्ताअघि एउटा साहित्यिक कार्यक्रममा मलाई कोट्याएका थिए, 'खै कविता देको ?'म हाँसिरहे।
'भानुको नयाँ अंक आउनै लाग्यो,' मोटो पावरदार

शहरमा एउटा परदेशी

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो ...
सँधैं-सँधै बग्ने खोली एकै छिन रोकिइदेऊ
तिम्रो बेगसंग मलाई अलीकती काम थियो।
गजलकार ललिजन रावलको कामको 'बेगवान नदी' काठमाडौंमा छैन। बेगवान नदी खोज्ने नै हो भने ललिजनले

छोरी माग्न जाँदा

करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, 'कविजी, अब बिहे गरौं।'
म हाँसेँ।
'बिहे नगरेर नै

मेरो पट्टु

‘बुद्धि उठ्।'
यसपल्ट सुगा एकपल्ट मात्र करायो अनि उसका पखेटा भ्यात्त भ्यात्त फड्फडाए। म निद्रामै थिएँ। झस्किदै उठेँ, सुगा किन यसरी करायो?
कठै, पिँजरा बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए।
लौ, केले तानेर लग्यो सुगालाई?
मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ।
के गरूँ के गरूँ भयो।
अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो
अझै हल्लिरहेकै थियो। सुगाका चुडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए।
...
४८ सालतिरको कुरा होला, कैलाली,

जन्डिस

होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको 'दुई शब्द'लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ।

रातभर चन्द्रमा खसिरह्यो

पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने।
पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्।
शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर आशीर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिन मेरा आँखामा झलझली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना

दोस्रो प्रेम

रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको

गैंडा टाइम्स

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।
'केटा,' आवाज आयो।
मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ।
'म केटा होइन,' मैले ठूलो आवाजमा भनेँ, 'म गैंडा हुँ, देख्दैनौ चाचरी हो?'
मेरो आवाज सुनेर दुइटी केटी तर्सिए।
'हामी मान्छे गैंडाको बच्चालाई केटा भन्छौं,' एउटी कम्मरमा हात राख्दै ठिंग उभिई।
'आफ्नो प्रेमीलाई पनि केटा त भन्छौं नि,' म उठेँ, 'मलाई पनि प्रेमले केटा भन न त!'
'यस्तो नाकमा सिङ भएकोसित पनि के मायापिर्ती लाउनु?' एउटी अल्लि नजिक आई, 'के माला सिङमा झुन्ड्याइदिनु?'
मैले नियालेँ - छेउमा आउने केटीले टाउकोमा सल राखेकी थिई। गालामा मसिना पसिना थिए। पसिनामा औंलाले प्याट्ट हानूँ जस्तो लाग्यो।

एक मच्छडको आत्मकथा

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि

स्वर्ग बंक १,२,३

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु।

पिलपिल [लाइभ]

सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ

काठमान्डु, म हारेर फर्कन्नँ

अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो

Monday, July 18, 2011

कमिलालाई ईश्वरले अनौठो किसिमको किरा वर्गमा पर्ने प्राण धारीको रुपमा सृष्टि गर्नु भयो । यो जमीनको लगभग सबै भागमा पाइन्छ । धेरै जसो कमिलाहरु रातो या कालो रंगको हुन्छन्, तर केही प्रजातिहरु हरियो या धात्विक चम्किलो रंगको पनि हुन्छन् । कमिलाको खुट्टाहरु ६ वटा हुन्छन् जस मध्ये एक साइडमा तीनवटा र अर्को साइडमा तीनवटा हुन्छन् । तिनका खुट्टाहरु धेरै बलिया हुन्छन्, यसैले यिनीहरु धेरै छिटो हिंड्न सक्छन् । कमिलाको ब्रेन सेलहरु २५०,००० हुन्छन् तर मानिसको १०,००० मिलिय

Sunday, June 26, 2011

आधुनिक पुराण

म त भन्छु भगवान आखाँ नबनाउ, हैन भने राम्री राम्री केटी नबनाउ, बनाउनै भए देखी म भन्दा जेठी नबनाउ । दौरा बनाउ भगवान भोटो नबनाउ, लुगा बनाउ भगवान छोटो नबनाऊ, पेन्ट बनाउ भगवान टाइट नबनाऊ, बस्ने बनाउ भगवान खस्ने नाबनाऊ । पुरानमा लेखिएको असजीलो देखिएको मात्री सत्ता र प्रीती सत्ताको जथ्था उपनाको रुपमा हेर्न सक्छौ, नारिलाई अधिकार दिने चलन देउताको पालादेखी चलेको न खोस्न सक्छौ न फेर्न सक्छौ । धन लक्ष्मीलाई,शिक्षा सरस्वती लाई, शक्ती दुर्गालाई विचरा माहदेवले के लिए बाघको छाला र सर्पको माला, श्रीमती पार्वतीको गहना र लुगा हेर्दा आखा तिरमिराउछ धपक्क बलेर्, श्रीमान माहादेब नाङगै हिडनु भयो जिउभरी खरानी दलेर । हाम्री स्वास्निले त टाउको मा जूम्रा पर्दा टिपेर फयालिदिन्छे महादेब्को घाटिमा तेत्रो गोवन सर्प बेरिदा हेरिरहने पार्वती कस्ती मान्छे, हामी अलिकती रक्सी पिउदा श्रीमती छेक्न आउछे भन्छी नपिउनुस रक्सिले फाइदा गर्दैन्, महादेवले विष पिउदा छेक्न जान पर्छ कि पर्दैन । की त अडिक महादेवले पार्वतीलाई कुटेको हुनुपर्छ नत्र पार्वतीलाई अर्को रिस उठेको हुनुपर्छ । कुनै पुरानमा देउताले स्वास्नी कुटेको कथा आउ दैन किन गोप्य राखिन्छ । हामीले स्वास्नी लाई छुस्स छुयौ भने भोली पत्रीका मा छापिन्छ । मेडम पार्वती को मनसा य के हो किरात रुप लिएर मृग स्थलामा मोज गर्न जादा पछी पछी लखेटने रोध रुप लिएर गोसाइकुण्डमा डुबन जादा वास्ता नगर्ने, पार्वतीले प्रेम गरेकी भए किन सात वर्षकी गोमा सित विहे गर्न जानु पर्थ्यो, दही दुध खन दिएकी भए विष भाङग धतुरो किन खा

सेकेन्ड डिभिजन

जसरी 'ठूलो मान्छे बन्नुपर्छ' भन्ने सिद्धान्त फेल खाएर 'असल मान्छे हुनुपर्छ' भन्ने विचार अगाडि आयो, त्यसैगरी 'फस्र्ट नै हुनुपर्छ' भन्ने  विचार विफल भएर 'सेकेन्ड बन्नुपर्छ' भन्ने सिद्धान्त सफल हुने सम्भावना बढेको छ। कोही अभिभावकको दबाबले 'फस्र्ट डिभिजन' आउने वा  कुनै शिक्षकको असक्षमताले 'सेकेन्ड डिभिजन' ल्याउने भन्ने हुँदैन।



'स्नातक' मात्र गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' देशको प्रधानमन्त्री भैसके, २०२६ सालमा 'बोर्ड फस्ट' भएर 'डक्टरेड' गरेका बाबुराम भट्टराईले अर्थमन्त्रीमै अल्झिनुपरेको छ ! मात्र, 'स्व-अध्ययन' गरेका सुशील कोइराला कांग्रेस सभापति बनेका छन्, बीए

तास सम्वन्धी रोचक जानकारी

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:- 
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो । 
* चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो । 
* ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो । 
* भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो । 

Friday, June 17, 2011

नाममा के छ ?


मनोज गजुरेल

भन्छन्- 'नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् !' नामका लागि मानिसहरू किन यतिसार्‍हो मरिहत्ते गर्छन् ? हाम्रो बुझाइ फरक-फरक हुनसक्छ। कसैलाई लाग्दो हो- 'नाममा दाम छ, दाममा दम छ- त्यसैले, कदम कदममा 'नाम' राख्नु जरुरी छ।' केही ठान्दा हुन्- 'मान्छे मरे पनि 'नाम' जीवित रहन्छ, त्यसैले 'नाम'लाई अमर राख्नका लागि 'बदनाम' हुनबाट बँच्नुपर्छ।' यी दुवै तर्क ठीकै होलान्, तर नाम राख्ने 'आधुनिक शैली'का बारेमा भने संवाद गर्नु जरुरी छ।

नेपाली कलेजका केही नामहरू सुन्नुहोस्- 'ह्वाइट हाउस', 'पेन्टागन', 'नासा', 'कोलम्बस' ! यी त उदाहरणमात्र हुन्, अरू कति-कति ! नाम सुन्दा यस्तो लाग्छ- सिंगो अमेरिकी प्रशासन नेपालको 'पेन्टागन' एकेडेमीबाट सञ्चालित छ, सारा विज्ञानका खोजहरू काठमाडौंस्थित 'नासा' कलेजले गर्छ र अमेरिका पत्ता लगाउने 'क्रिष्टोफर कोलम्बस'को जन्म पनि यहीं भएको थियो !

२०६८ को जन गणना


प्रिय जन,
आज पुन: तिम्रो चौतारीमा सुस्ताउदै तिम्रो घर दैलो सम्म टेक्ने मौका आएकोमा साह्रै खुसी लागेको छ| समयक्रम संग यस्तो मौका  दश दश वर्षमा मात्र आउँछ| घुम्दै फिर्दै आज फेरि त्यो समय आएको छ तिमीलाई पनि त यसको जानकारी होला नि हैन? टिभी, रेडियो, पत्रिका, इन्टरनेट आदि जताततै म आउने खबर त पाएकै होलाऊ| आशा छ यो पाली पनि मलाई पूर्ण रुपमा सहयोग गर्नेछौ भन्ने ….उही आत्मियता अनि अझ बढी सक्रियताका  साथ…..|
हाम्रो सानिध्यताले पनि यो पाली त १०० बर्ष पो टेकेछ त है ? मलाई अझै पनि  याद छ  वि.सं १९६८ सालमा पहिलो पटक म तिम्रो घरको आँगनमा टेक्न पुगेको थिएँ | सुरुवाती सङ्गतका दिनहरु थिए ति …| त्यस पछी हरेक १०/१० वर्षमा तिम्रो घरको ढोका ढकढकाउदै आमा ,बुवा ,दाजु, भाई दिदि ,बहिनि वाजे, बजै आदि सबैको हाल चाल

Monday, June 6, 2011

मनोज गजुरेल "तीनमहिने क्यालेन्डर"

जेठ १५ गतेदेखि पाँचबुँदे सहमतिको आफूअनुकूल व्याख्या गर्ने, नसके अप-व्याख्या गरेर २४ गतेसम्ममा तुहाउन प्रयास गर्ने ! २५ गते जनसेना शिविरको 'चाबी' सरकारलाई बुझाउने प्रक्रिया थाल्ने, २६ गते अनमिनकै चाबीले काम चलाउने कि नयाँ लगाउने भन्ने विषयमा विवाद सुरु गर्ने ! २७ मा चाइनिज कि इन्डियन चाबी किन्ने भन्नेमा चर्काचर्की पर्ने, २८ मा  शीर्ष नेताले संवाद सुरु गर्ने ! २९ गते 'राजसुद'द्वारा 'टाटा कम्पनीको चाबी' लिन दबाब दिने, ३० गते शीर्ष संवाद बिनानिष्कर्ष टुंगिने !

असार १ र २ गते प्रधानमन्त्रीको राजीनामा माग्ने ! ३,४ र ५ गते संसद घेराउ, गुन्डा लेरा'उ, कुर्सी टुटाउ र माइक फुटाउतिर लाग्ने ! ५,६,७,८ मा सडकमा आगो बल्न र मान्छे ढल्न थालेपछि बल्ल ९ गते प्रधानमन्त्रीको घैंटामा घाम लाग्ने र राजीनामा दिने ! असारको १० देखि २० गतेसम्म 'सहमतिको प्रधानमन्त्री' खोज्न थाल्ने, विपक्षीद्वारा 'मधेसी मोर्चा'को कार्ड फाल्ने ! कोही युरोपेली नारामा 'देऊ, वा !' भन्दै आउने, कोही भारतेली पारामा 'हरे कृष्ण !' गाउने !  भजनले नभए २१ गते 'गाई कि त्रिशूल' गर्ने ! होगा तो होगा, नही होगा तो मकैका घोगा !

असारको अन्तिम साता 'खुद्रा दल'लाई फकाउने, 'ज्वाइँ-छोरी मोर्चा'सँग वार्ता गर्ने ! बिक्नेलाई किन्ने, नबिक्नेलाई चिन्ने र मौका पर्नासाथ जाँतोमा पिंध्ने काम पूरा गर्ने ! साउन १ गते राष्ट्रपतिज्यूबाट 'लुतो फाल्ने' दिवसको उद्घाटन, २ गते प्रधानमन्त्रीद्वारा 'संकान्ति मेला' समापन, ३ गते सभामुखका मुखराबिन्दबाट प्रवचन ! ४ देखि १४ गतेसम्म पर्ने 'साउने झरी'मा सबै माननीय घर-घरमै 'काम'मा क्रियाशील रहने !

१५ देखि २० सम्म बराह जयन्ती, नागपञ्चमी लगायतका पर्व छोड्नै भएन। २१ गते 'हिरोसिमा दिवस' मान्नै पर्‍यो, २२ गते संविधानसभामा झुलुक्क मुख पनि देखाउनु छ ! २३ गते सालीको बिहेमा जानु छ, २४ गते 'भू-संरक्षण' दिवसमा भाषण दिनु छ ! २५ गते 'विश्व आदिवासी दिवस'मा गइएन भने

'भोटबैंक' नै टाट पल्टिन सक्छ ! २६ गते जिल्लावासीको पिकनिक खानु छ, २७ गते 'विश्व युवा दिवस'मा जानु छ ! २८ मा त जनैपूणिर्मामा-परम्परा तोड्नै भएन, २९ गते गाईजात्रा— यो झन् छोड्नै भएन !

३० गते रोपाइँजात्रा, ३१ देवीजात्रा, ३२ गते बाघजात्रा— यस्ता राष्ट्रिय पर्वहरूमा राजनीति गर्नुहुँदैन, मनाउनैपर्‍यो।

भदौको १, २ र ३ गते 'सभासद् भर्सेज मन्त्री' फुटबल हुँदैछ। ४ गते गौरापर्व ! ५ गते देउवाको देउडा-नृत्य मुख्य समाचार बन्नेछ ! ६ गते भारतीय दूतको डिनर पार्टी, ७ गते चाइनिज दूतको 'इनर पार्टी' ! ८ गते 'ईयू'ले वार्ताको बीउ छर्ने, ९ गते 'यूएन'ले गम्भीर चासो व्यक्त गर्ने !

१० गते नेतृत्व 'गोप्य बैठक' मा जुट्नेछ, ११ गते पाँचौंचोटि फोरम फुट्नेछ ! १२ गते 'कुशे औंशी' भैहाल्यो, १३ गते 'बीपी जयन्ती' आइहाल्यो ! १४ गते हरितालिका तीजमा

गीत घन्किनेछ—

सभासद् हुन् कि यिनी, धान खाने मुसा बरिलै !

तीन महिना' मा हात्ती आयो फुस्सा बरिलै !

गीत सुनेपछि पो बल्ल १५ गते नेता-जनता दुवै झसङ्ग हुन्छन्— 'लौ जा, म्याद त सकिएछ पो !' अनि सुरु हुन्छन्— जुलुस, धर्ना, वार्ता र विरोधका नाटकहरू ! तर.....त्यसबेला निकै ढिला भैसकेको हुनेछ !

(नोटः आशा गरौं, यो क्यालेन्डर आजैदेखि गलत सावित होस्।)

Saturday, May 28, 2011

पार्टी र कलाकार

अभिनेता मनोज गजुरेल- राम्रा हास्यव्यंग्य लेखक पनि हुन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमा स्नातक गजुरेल डामाडोल  हास्यव्यंग्य अनलाइनका सम्पादक पनि हुन्। यो अंकदेखि हामीले उनको नयाँ स्तम्भ 'लास्टपेज' सुरु गरेका छौं। यस स्तम्भमा गजुरेलले पाठक  रुचिलाई ध्यानमा राखेर आफ्ना कुरा राख्नेछन्। आशा छ, मनोज गजुरेलको यो स्तम्भबाट हाम्रा पाठकले यथेष्ट मनोरञ्जन, सूचना एवं  सन्तुष्टि प्राप्त गर्नुहुनेछ। -सम्पादक

'भुवन केसीजस्ता रसिक नायक पार्टी प्रवेश गरेपछि बल्ल एमालेको लिङ्ग पहिचान भएको छ,' एक दर्शकले भने। अर्काले थपे- 'नीरजस्ता  महान् राजाहरू सर्वहारा बनेपछि बल्ल माओवादीको सैद्धान्तिक अङ्ग प्रस्ट भएको छ।' तेस्रा दर्शकको तर्क थियो- 'स्वतन्त्र रहनुपर्ने  कलाकारहरू पार्टीको पकेटमा पसेपछि तिनको रङ्ग छेपारामय भएको छ।'

कलाकारका बारेमा यस्ता प्रतिक्रियाहरू जताततै सुनिन्छन्। कहिलेलेकाहीं त्यसको जवाफ हामीले दिनुपर्ने अवस्था आउँछ। हुनत जवाफ दिने  आधिकारिक व्यक्ति यो स्तम्भकार होइन, तर पनि पेसागत धर्म निर्वाह गर्ने क्रममा विभिन्न दर्शकहरूलाई दिइएका जवाफका केही अंश

' लास्टपेज' को पहिलो अंकमा प्रस्तुत गरिएको छः

'फलानो कलाकार त चिलानो पार्टीमा गएछ नि ?'

-'जानेलाई सप्रेम बिदाई, आउनेलाई न्यानो स्वागतको संस्कार बढाऔं।'

'यो पार्टीले कारबाही गर्ने भएपछि पो त्यो पार्टीमा गएको रे त π'

-'मेरोमा रहुन्जेल इमान्दार, तेरोमा जाँनासाथ गद्धार- यस्तो विकृत सोचको छैन उपचार।'

'कलाकारले त कला पो देखाउनुपर्छ, राजनीति गर्ने हो त ?'

-'राज्यको नीति सबैले बुझ्नुपर्छ— पद, प्रतिष्ठाको पछि पो कुद्नु हुन्न।'

'पार्टीमा आबद्ध कलाकारमात्र देश र जनताका लागि प्रतिबद्ध हुन्छन् र ?'

-'पेटीमा बसेर सारङ्गी बजाउनेले पनि उत्तिकै देश र जनताको भाषा बोलिरहेका हुन्छन्।'

'पोलिटिक्स इज डर्टी गेम भन्छन् नि केही कलाकारहरू ?'

-'मिस अन्डरस्टयान्डिङ π राजनीति देश हाँक्ने इन्जिन हो- केही मेकानिक्सहरू मात्र अदक्ष भए।'

'के कलाकारहरू साँच्चै कसैका हैनन् त ?'

-'प्रश्न नै गलत छ। कलाकार कसैका हैनन् भन्ने तर्क नै गलत छ-कलाकार सबैका हुन्।'

'सबैको हुन खोज्दा कसैको पनि नरहने स्थिति आउँदैन ?'

-'कला र विचार आफ्नो लैजाने हो, मञ्च जसको प्रयोग गरे पनि हुन्छ।'

'कलाकारले त कलाकारिता गर्ने हो, कहाँबाट आयो यो बिचारको कुरा ?'

-'बिचारबिनाको कला र भैंसीको थलाबीच केही फरक छैन।'

'कलाकारलाई नेताहरूले किन स्वागत गर्छन् होला ?'

-'उनीहरूलाई लाग्दो हो- जनता आफ्नो पाकेटका एटीएम हुन्, जसलाई चाहेको बेला भजाउन सकिन्छ।'

'त्यसो भए जनता पार्टीहरूका एटीएम हैनन् त ?'

-'अहँ, पटक्कै हैनन्। कला र विचारमा देश र जनता बोकेर हिँड्ने कलाकार नै जनताका सच्चा प्रतिनिधि हुन्। जनता कसैका बैंक ब्यालेन्स  हैनन्, उनीहरू त यो देशका आन्तरिक पर्यटक हुन्- जो कहिले यो पार्टीलाई मान्छन्, कहिले त्यो विचारलाई असल ठान्छन्। कहिले यता  बस्छन्, कहिले त्यता पस्छन्। तपाईंको पर्यटनस्थल (पार्टी) आकर्षक रहुन्जेल पर्यटक त्यहीं रहन्छन्, जब दुगन्र्ध बढ्छ, आकर्षण घट्न थाल्छ-  तब नयाँ पर्यटनस्थलको खोजीमा लाग्छन् π

राजनैतिक कार्यकर्ताका नजरमा यो अराजक विचार होला, तर जनताका नजरमा यही नै राजनैतिक पार्टी र नेतृत्वलाई सही दिशामा डोर्‍याउने  प्रभावकारी उपाय हो।

लास्ट पोज

















देश मात्र होइन, राष्ट्रियता पनि

'दुई वर्षमा संविधान बन्छ भन्थे,

नेपाल साँच्चिकै नयाँ हुन्छ भन्थे,

देश संघीयतामा जान्छ भन्थे,

तर,

न संघि 'यता' भयो, न संघि

'उता' भयो,

न सरकार आफैं चलाउने बलबुता भयो,

उल्टै 'देश' विदेशीको जुत्ता भयो,

'राष्ट्रियता'- त्यही जुत्ताको फित्ता भयो !'

हो, 'देश' र 'राष्ट्रियता' !


मेची र महाकालीबीचको भूभाग 'देश' हो भने यहाँभित्रका भाषा, संस्कृति, परम्परा, प्रकृति— हाम्रा 'राष्ट्रियता' हुन्। जसरी, सिमाना मिचिंदा हाम्रो 'देश' दुख्छ, त्यसरी नै संस्कृति थिचिंदा हाम्रो 'राष्ट्रियता' दुख्नुपर्छ। सत्ताखेलमा 'मित्रराष्ट्र'हरूको हस्तक्षेप हुँदा जसरी हाम्रो स्वाभिमान निहुरिन्छ, त्यसरी नै एनजिओखेलमा 'परम्परा' मेटिंदा हाम्रो इमान पिरोलिनुपर्छ। तर, हामी सिमानाको मात्र पछि लाग्यौं- सँगसँगै 'राष्ट्रियता'पनि बचाउन सकेको भए कस्तो राम्रो हुन्थ्यो !

संस्कृति मेटिंदो छ, प्रकृति लुटिंदो छ, परम्परा पेलिइँदो छ। भाषा-भाषिका लोपोन्मुख छन्, धर्म परिवर्तनको बाढी आएको छ— त्यतातिर कमैको ध्यान गएको देख्दा यस्तो लाग्छ— देश नामको भूगोलमात्र ठूलो कुरा हो- यहाँभित्रका 'राष्ट्रियता' केही होइनन् ! तर, याद राखौं—

'मातृत्व, मातृभूमि, मातृभाषा— जब बिर्सन्छौं जानी-नजानी,

सम्झौं, हाम्रो सारा लगानी— भयो बालुवामा पानी।'


कविता पढेर तपाईंका मनमा विभिन्न भाव उम्लिन थाले होला। कोही नेतालाई गाली गर्न थाल्नुभयो होला, कोही पंक्तिकारलाई ताली दिन थाल्नुभयो होला, तर सोचौं- हाम्रो राष्ट्रियता जोगाउन हामी आफूले चाहिं के गर्‍यौं त !

हिन्दी सिरियल 'गीत'की नायिका रुँदा हाम्रो चित्त दुख्छ, लोकगायिका योगिता मोक्तानको मृत्युको खबर कसैलाई थाहा नहोला ! भ्यालेन्टाइन 'डे' सेलिब्रेट गरिरहँदा 'मार्टियस् डे' को सम्झना सायदै कमैलाई होला ! आफ्नो मातृभाषाको 'लिपि' थाहा नहोला— ब्राइन्ड एडम्सका सबै गीतको 'लिरिक्स' कण्ठै होला ! वास्तवमा, हामी नेपाल देशका 'नागरिक' हौं, तर 'राष्ट्रियताका हकमा हामी आधा राष्ट्रिय आधा अन्तर्राष्ट्रिय भयौं ! हाम्रो आफ्नोपन गोलमटोल हुन पुग्यो !!

हो, नागरिकमा राष्ट्रियताको भाव जगाउने काम नेतृत्वले गर्नुपथ्र्यो। दुर्भाग्य ! सिस्नुपानी नेपालले भनेझैं स्थिति छ—

'कोहीका मुख दिल्लीतिर, कोहीका चाइना फिरेका,

जुनै जोगी आए पनि कानै चिरेका !'


राजनीतिज्ञलाई 'देश'मात्र भए पुग्छ, जनतालाई देश र देशभित्रको विशाल 'राष्ट्रियता' चाहिन्छ। त्यसलाई जोगाउने पनि त्यसैले हो, जसलाई त्यसको बढी आवश्यकता पर्छ। बहुराष्ट्रिय टिभी च्यानलहरूमार्फत हाम्रो भाषा, संस्कृति अतिक्रमित हुँदैछन्, त्यसको सीमा रेखा कोरौं। भाषा, संस्कृति, एकता र आफ्नोपन सिद्धियो भने देशमात्रै बाँकी रहेर केही पनि हुँदैन। राष्ट्रियताबिनाको देश र देशबिनाको राष्ट्रियता— हावाबिनाको भकुन्डो हो, न गुड्छ, न उड्छ !!

यदि 'राष्ट्रियता' सिमानामात्र होइन भने, 'राष्ट्रियता' जोगाउने काम त नेपाल देशभन्दा बाहिरका नेपालीहरूले गरिरहेका छन्। हामी त सिमानाका लागि मात्र चिन्तित भयौं— 'राष्ट्रियता'का बारेमा चिन्तित नेपाली खोज्न त दार्जीलिङ, आसाम र बर्मा जानुपर्छ, नेपालीपन र नेपाली मन त त्यहाँ छ। नेपाली संस्कृतिको प्रयोग र संरक्षण त उनीहरूले गरिरहेका छन्। त्यही भाषा-संस्कृतिकै कारण भुटानीहरूले आफ्नो देशबाट लखेटिनुपर्‍यो। पुनर्वास गराइएका भुट्निज नेपालीहरूले त्यहाँ सबैभन्दा लामो समयसम्म सिमानाबाहिरको 'राष्ट्रियता' जोगाइराख्ने पक्का छ। विभिन्न कारणले विदेशमा स्थायी बसोबास गर्ने सम्पूर्ण नेपालीले 'नेपालका राष्ट्रियताहरू' जोगाइरहेका छन्, त्योभन्दा बढी अब हामीले जिम्मेवारीबोध गर्नुपर्छ। किनभने-

सिक्किममा बाढी आउँदा, दार्जीलिङमा पहिरो

'देश' जस्तै 'राष्ट्रियता' को नाता हुन्छ गहिरो।'