मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, December 9, 2009

Google Docs Finally Makes It Easy to Download All Your Documents

Google Docs Finally Makes It Easy to Download All Your Documents

वजन घटाउने सरल उपाय

डा. सुशिल देवकोटा / आजकल तपाईंले पत्र पत्रिकामा थुप्रै किसिमका विज्ञापनहरु देख्नुहुन्छ। ती मध्ये कतिपयले ग्यारेन्टी उपचारको दाबी गर्छन् भने कतिपयले आश्चर्यजनक परिणामको। तर ती विज्ञापन मध्ये कति सही हुन् र कति गलत? यसको जानकारी कसरी हासिल गर्ने? यही मुद्धालाई यसपटकको अंकमा सम्बोधन गर्ने प्रयास गरिदैंछ।
ठगि गर्ने हिसाबले विभिन्न किसिमका विज्ञापनहरु तपाईंले दिनदिनै पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा हेर्ने मौका पाइरहनु भएको होला। यसरी विज्ञापन गरिने सामानहरु पसलमा वा इन्टरनेटमा पनि राखिएको हुन सक्दछ। यो ठगिको क्रमलाई नजिकबाट नियाली रहेका व्यक्तिहरुका अनुसार बर्षमा कम्तिमा पनि लाखौं डलर यस किसिमका झुक्याउने विज्ञापनमा आधारित रहेर नक्कली सामानको खरिदमा मानिसहरुले खर्च गरिरहेका हुन्छन्। आफूलाई भैरहेको समस्याबाट छुटकारा पाउन वा अहिले भैरहेको राम्रो स्वास्थ्यलाई निरन्तरता दिन वा अझ बढी राम्रो देखिन मानिसहरु यस किसिमका नक्कली सामानहरु किन्न लालायीत हुन्छन् जसले उनीहरुलाई अरु केही होइन धोका मात्र दिइरहेको हुन्छ, ठगिरहेको हुन्छ अनि जसले राम्रो होइन बरु कतिपय अवस्थामा त नकारात्मक असरहरु पनि गराइरहेको हुन्छ।
जब यस किसिमको नक्कली सामानको प्रयोगबाट त्यो व्यक्तिमा सोझो रुपमा नकारात्मक असर देखा पर्दछ तब यो प्रत्यक्ष जोखिम हो भने कतिपय अवस्थामा अप्रत्यक्ष जोखिम पनि देखिन सक्छ जुन उक्त व्यक्तिले उक्त नक्कली सामानको प्रयोग गर्ने क्रममा सही र उसको समस्याको समाधान गर्न सक्षम सामान वा उपचार अपनाउनबाट बञ्चित भएको कारण देखिन्छ। उदाहरणको निम्ति कुनै सामान डायविटिजको निम्ति अति उपयोगी भनेर प्रचार गरिएकै कारण त्यो व्यक्ति त्यसको पछाडी लागेर उक्त रोगको निम्ति गर्नुपर्ने वास्तविक उपचारको निम्ति ढिलो गरिरहेको हुन सक्छ।
यस किसिमको नक्कली सामानको चंगुलबाट बच्ने कसरी? विज्ञहरु भन्छन्, यसरी नक्कली सामानको धन्दामा लागेकाहरुले निकै अत्याधुनिक प्रविधिको विकास गरिसकेका छन् र यिनीहरुको सञ्जाल पनि निकै ठूलो छ तर यिनीहरुले गर्ने प्रचारमा निश्चित समानता पाइन्छ जसलाई बुझ्न सकिएको खन्डमा ठगिनबाट बच्न पनि सकिन्छ।
उदाहरणको निम्ति तल दिइएका विज्ञापनलाई ध्यान दिएर पढ्नुहोस् अनि तपार्इंले थाहा पाउनु हुनेछ नक्कली सामानको सक्कली स्वरुप। तर यी विज्ञापनका नमुनाहरु यस्तै प्रकारका सामानहरुको बारेमा खरिद गर्नु अघि तपाईंले ध्यान दिनुहोस् भन्ने हेतुले मात्र प्रस्तुत गरिएका हुन्।
० विशुद्ध चमत्कारी तेल
..........तेल एक, काम अनेक.........
 “बाथ, जोर्नी दुखेको, हडि्ड खिइएको, अल्सर, क्यान्सर, मुटुको रोग, रक्त कोशिका फुल्ने, डायविटिज लगायतका रोगहरुको निम्ति अत्यन्त लाभदायक.........”
“.......एन्टिबायोटिक र पेन किलरको काम गर्ने.......”
―सावधान। यस किसिमले बढी भन्दा बढी रोगहरुको नाम लेख्दै ती सबै त्यही तेलले निको पार्ने दाबी गरिएको छ भने त्यो सामान किन्नु अघि अनेकौंपटक सोच्नुहोला। अझ असम्बन्धित विभिन्न रोगहरुलाई पनि त्यही सामानले निको पार्छ भन्यो भने त त्यो सामानबाट परै बस्नु होला। जस्तो कि क्यान्सर र डायविटिज भिन्न प्रकृतिका रोगहरु हुन् त्यसलाई एउटा तेलले निको पार्छ भन्नु ठगी मात्र हो। जुनसुकै कुरामा पनि एउटा लय मिलेको हुनु आवश्यक छ। यसरी नक्कली सामानहरुले दाबी गर्ने विज्ञापनमा कुनै किसिमको लय भेटिदैन। यस्ता सामानहरुको प्रहार भनेको क्यानसर, एड्स, डायविटिज लगायतका रोगहरु माथि हुन्छन् किनकि यस्ता रोगहरुबाट पीडित व्यक्तिहरु निराश भैसकेका हुन्छन् र अन्तिम विकल्प स्वरुप जे पनि प्रयोग गर्न तयार भएर बसेका हुन्छन्।
त्यही तेलको विज्ञापनको तल व्यक्तिगत रोगमुक्ति अनुभव भनेर पनि दिइएको हुन सक्छ। जस्तो कि:
“........मेरो श्रीमानलाई अल्जाइमर्स (विर्सने रोग) डिजिज थियो.....जब देखि मैले यो तेलको सेवन गराउन थालें त्यसको करिब २० दिन पछि नै उहां फेरि पनि बगैंचामा काम गर्न सक्ने हुनुभयो, ग्यारेज सफा गर्न थाल्नुभयो, हामीले मर्निंग वाक फेरि पनि संगै गर्न थाल्यौं.....उहांको स्मरण शक्तिमा त्यति राम्रो अझै पनि भएको छैन तथापी उहां आजकल पहिले जस्तै काम भने गर्न थाल्नु भएको छ.......”
―यस किसिमको व्यक्तिगत अनुभव भनिएका कतिपय कुराहरु बनाइएका हुन्छन् भने कतिपय कुराहरु ती व्यक्तिले त्यो सामानको साथमा प्रयोग गरेका अन्य औषधीको प्रयोगबाट भएका फाइदालाई समेटेर बनाइएको हुन्छ। अझ विशेषतः यी दाबीहरु कसैले कसैलाई भनेको भनिएको कुरामा आधारित रहेर बनाइन्छ। अनि संभव के पनि छ भने ती दाबीमा त्यो रोगले निको पार्ने भनिएको कुरा भन्दा बाहेक अन्य कुरामा फाइदा भएको देखाइएको होस्। जसको कारण विवादमा परेको खन्डमा हामीले त सही कुरा नै भनेको हो भन्ने मौका पाऊन् उनीहरुले। माथिको व्यक्तिगत अनुभवलाई पनि एकपटक पुनः दोहोर्याएर पढ्नुहोस् त। यी महिलाको श्रीमानलाई विर्सने रोग थियो। तर उनी आफैं भनिरहेकी छिन्: उहांको स्मरण शक्तिमा अझै पनि त्यति फाइदा भएको छैन तथापी उहां आजकल पहिले झैं काम भने गर्न थाल्नुभएको छ। जब यो सामान उनले विर्सने रोगको निम्ति भनेर किनेकि हुन् भने त्यसले त्यो व्यक्तिको काम गर्ने जांगरमा वृद्धि गरायो भनेर गरिएको बयानबाजी कत्ति धेरै नाटकीय छ, आफैं अनुमान गर्नुहोस्।


वजन घटाउने सरल उपाय
“.......तपाईंको वजन घटाउने स्वस्थ, सरल, सामान्य र प्राकृतिक उपाय.........”
―प्राकृतिक भन्ने शव्दको कारण धोका नखानुहोस्। यो शव्दलाई ठगि कार्यमा संलग्न व्यक्तिहरुले ध्यान आकृष्ट गर्नको निम्ति प्रयोग गर्ने गर्दछन् जसको कारण साधारण मानिसलाई यो सामान अन्य औषधी भन्दा सुरक्षित र प्रभावकारी छ होला भन्ने किसिमको भ्रम रहोस्। तर प्राकृतिक भन्दैमा सुरक्षित हुन्छ भन्ने भ्रममा नपर्नु होला किनकि विषालु च्याऊ, जुन प्राकृतिक हो, त्यो खाएर बर्षेनी कतिको मृत्यु भैरहेको हुन्छ।
“........यो अत्याधुनिक चमत्कारिक सामानको उत्पत्ति २०० बर्ष भन्दा लामो चिकित्सा विज्ञानको प्राकृतिक उपचारको इतिहासमा आधारित रहेर गरिएको हो...........”
― लौ अचम्म सुन्नुहोस् त। माथिको वाक्यले अप्रत्यक्ष रुपमा के सन्देश दिन्छ भने यो प्राचिन औषधी हो। अनि फेरि के पनि भन्छ भने यो अत्याधुनिक हो। एउटै सामान एकैपटक अत्याधुनिक र प्राचिन कसरी हुन सक्छ? यस्ता सामानहरुको विज्ञापनमा यस्तै किसिमका ढुलमुले नीति पाइन्छ। जति धेरै ठूला शव्दहरु जस्तो कि चमत्कारिक, अत्याधुनिक, अत्यन्त लाभदायक, जादूमयी जस्ता शब्दहरुको प्रयोग विज्ञापनमा हुन्छ उत्ति धेरै त्यो सामान प्रति तपार्इंले अविश्वास र शंका गर्नुपर्ने हुन्छ।
यदि त्यो सामान विज्ञापनमा भनिए जस्तै विभिन्न असाध्य रोगको उपचारमा लाभदायक हुन्थ्यो भने त्यसको बारेमा मिडियाले उल्लेखनीय समाचार प्रसारण गरेको हुन्छ। अनि त्यसलाई डाक्टरहरुले सामान्य रुपमा विरामी माथि प्रयोग पनि गरिरहेका हुन्छन्, ती सामानको विज्ञापन राती अबेरको समयमा टेलिभिजनमा वा पत्रिकाको कुनै भित्री पृष्ठमा दिइरहनु आवश्यक हुदैन।
“.....ग्यारेन्टी। यदि ३० दिनमा तपाईंको वजन उल्लेखनीय रुपमा घटेन भने पूरै पैसा फिर्ता.........”
―पैसा फिर्ता पाउनको निम्ति तपाईंलाई शुभकामना। तर तपाईंको पैसा फिर्ता दिन तपाईंले त्यो मान्छेलाई सामान्यतया फेला पार्न सक्नुहुने छैन। यस किसिमका सामान बेच्ने मान्छे प्राय एकै ठाऊंमा त रहदैनन् नै। रहे पनि त्यो मान्छे तपाईंले फेला पार्नुहुने छैन जसले तपाईंलाई यो सामान बेचेको हुन्छ।
अब अर्को विज्ञापन
“....नआत्तिनुहोस्। विना कुनै झञ्झट, एकदम छिटो आफ्नो वजन कम गर्नुहोस्........”
प्रँय व्यक्तिहरुको निम्ति वजन घटाउने एउटै मात्रै उपाय भनेको कम खाने र पर्याप्त व्यायाम गर्नु हो। अनि फेरि एकदम छिटो भन्ने शब्दको अर्थ पनि राम्ररी बुझ्नुहोस्। किनकि एकदम छिटोको अर्थ यस्तो नहोस् कि त्यो तपाईंको स्वास्थ्यकै निम्ति हानिकारक होस्। स्वास्थ्यको दृष्टिकोणले एकदम धेरै वजन घटाउनु भनेको हप्ताको १ देखि २ पाउन्ड सम्म मात्र हो। यसैगरी उनीहरुको दाबीमा विभिन्न किसिमका अनावश्यक र प्रयोगमै नआउने खालको शब्दहरुको प्रयोग गरिएको हुन्छ, जुन सुन्नमा अत्यन्त आकर्षक लागे पनि अर्थमा भने निकै कमजोर भेटिन्छन्। जस्तो कि हंगर स्टिमुलेसन प्वाइन्ट, थर्मोजेनेसिस। यी शब्दहरुको अर्कै क्ष्ँेत्रमा आफ्नै खालको अर्थ हुन सक्छ तर उनीहरुले आफ्नो फाइदाको निम्ति जसो पनि गर्न जानेका हुन्छन्। उनीहरुले आफूलाई मिल्ने भए सम्म जुनसुकै पत्रिका वा अध्ययन प्रतिवेदन वा अरु केही, जहांबाट जे पनि लिन सक्छन्। किनकि उनीहरुलाई आधिकारिता होइन जादूमयी परिणाम देखाउनु छ।
केही सुझावहरु:
० के तपाईंलाई त्यो विज्ञापनमा भनिएको कुरा सही हो भनेर मान्न एकदम सजिलो भैरहेको छ? यदि त्यसो हो भने त्यो विज्ञापनमा भनिएको कुरा पक्कै पनि सही होइन।
० यदि तपाईंलाई कुनै पनि मेडिकल सामानको बारेमा मनमा कुनै शंका छ भने दोश्रो राय लिन नबिर्सिनु होला। डाक्टरहरुसंग सल्लाह लिएर मात्र कुनै पनि सामानको प्रयोग गर्नु लाभदायक हुन्छ।
० त्यो सामान खरिद गर्दा आफूले कुनै डाक्टर वा परिवारको सदस्यसंग पनि सल्लाह गर्ने कुरा बताउंदा उसले यो एकदम गोप्य उपचार भएको कारण कसैलाई पनि नभन्नु भन्यो भने त्यो ठग हो भन्ने कुरा तुरुन्तै थाहा पाइहाल्नुहोस्।
० त्यो सामानले दाबी गर्ने उपचारसंग सम्बन्धित व्यक्ति वा संस्थासंग त्यो सामानको बारेमा सल्लाह लिनुहोस्। जस्तो कि मुटुको सफल उपचार गराउने दाबी गरिएको छ भने हृदय केन्द्रमा सम्पर्क राखी सल्लाह लिनुहोस्।