मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, June 17, 2011

नाममा के छ ?


मनोज गजुरेल

भन्छन्- 'नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् !' नामका लागि मानिसहरू किन यतिसार्‍हो मरिहत्ते गर्छन् ? हाम्रो बुझाइ फरक-फरक हुनसक्छ। कसैलाई लाग्दो हो- 'नाममा दाम छ, दाममा दम छ- त्यसैले, कदम कदममा 'नाम' राख्नु जरुरी छ।' केही ठान्दा हुन्- 'मान्छे मरे पनि 'नाम' जीवित रहन्छ, त्यसैले 'नाम'लाई अमर राख्नका लागि 'बदनाम' हुनबाट बँच्नुपर्छ।' यी दुवै तर्क ठीकै होलान्, तर नाम राख्ने 'आधुनिक शैली'का बारेमा भने संवाद गर्नु जरुरी छ।

नेपाली कलेजका केही नामहरू सुन्नुहोस्- 'ह्वाइट हाउस', 'पेन्टागन', 'नासा', 'कोलम्बस' ! यी त उदाहरणमात्र हुन्, अरू कति-कति ! नाम सुन्दा यस्तो लाग्छ- सिंगो अमेरिकी प्रशासन नेपालको 'पेन्टागन' एकेडेमीबाट सञ्चालित छ, सारा विज्ञानका खोजहरू काठमाडौंस्थित 'नासा' कलेजले गर्छ र अमेरिका पत्ता लगाउने 'क्रिष्टोफर कोलम्बस'को जन्म पनि यहीं भएको थियो !

२०६८ को जन गणना


प्रिय जन,
आज पुन: तिम्रो चौतारीमा सुस्ताउदै तिम्रो घर दैलो सम्म टेक्ने मौका आएकोमा साह्रै खुसी लागेको छ| समयक्रम संग यस्तो मौका  दश दश वर्षमा मात्र आउँछ| घुम्दै फिर्दै आज फेरि त्यो समय आएको छ तिमीलाई पनि त यसको जानकारी होला नि हैन? टिभी, रेडियो, पत्रिका, इन्टरनेट आदि जताततै म आउने खबर त पाएकै होलाऊ| आशा छ यो पाली पनि मलाई पूर्ण रुपमा सहयोग गर्नेछौ भन्ने ….उही आत्मियता अनि अझ बढी सक्रियताका  साथ…..|
हाम्रो सानिध्यताले पनि यो पाली त १०० बर्ष पो टेकेछ त है ? मलाई अझै पनि  याद छ  वि.सं १९६८ सालमा पहिलो पटक म तिम्रो घरको आँगनमा टेक्न पुगेको थिएँ | सुरुवाती सङ्गतका दिनहरु थिए ति …| त्यस पछी हरेक १०/१० वर्षमा तिम्रो घरको ढोका ढकढकाउदै आमा ,बुवा ,दाजु, भाई दिदि ,बहिनि वाजे, बजै आदि सबैको हाल चाल