कमिलालाई ईश्वरले अनौठो किसिमको किरा वर्गमा पर्ने प्राण धारीको रुपमा सृष्टि गर्नु भयो । यो जमीनको लगभग सबै भागमा पाइन्छ । धेरै जसो कमिलाहरु रातो या कालो रंगको हुन्छन्, तर केही प्रजातिहरु हरियो या धात्विक चम्किलो रंगको पनि हुन्छन् । कमिलाको खुट्टाहरु ६ वटा हुन्छन् जस मध्ये एक साइडमा तीनवटा र अर्को साइडमा तीनवटा हुन्छन् । तिनका खुट्टाहरु धेरै बलिया हुन्छन्, यसैले यिनीहरु धेरै छिटो हिंड्न सक्छन् । कमिलाको ब्रेन सेलहरु २५०,००० हुन्छन् तर मानिसको १०,००० मिलिय
न हुन्छन् । कमिलाको विकाशक्रम यसरी हुन्छ, पहिले अण्डा त्यसपछि लार्भा, प्युपा अनि पूर्णरुपमा कमिला बन्दछ ।
न हुन्छन् । कमिलाको विकाशक्रम यसरी हुन्छ, पहिले अण्डा त्यसपछि लार्भा, प्युपा अनि पूर्णरुपमा कमिला बन्दछ ।
कमिलाको धेरैजसो आदतहरु मानिसहरुसँग मिल्दो जुल्दो हुन्छ । यि मानव जाती जस्तै सामाजिक स्वभावका पनि हुन्छन् । याने आपसमा मिलजुल गरेर काम गर्दछन् । यिनको ठूला-ठूला घरहरु हुन्छन् । जसमा यिनको ठूला-ठूला ग्रुप हुन्छन् । यिनीहरुको ग्रुपमा आ-आफ्नो कामको अनुसार हर प्रकारको कमिला हुन्छन्, जसमा मजदूर, सिपाही र अण्डा दिनेवाला रानी (पोथी) कमिलाहरु सामेल हुन्छन् । घरमा रहने धेरैजसो कमिला पोथी जातका हुन्छन् । साथमा केही भाले कमिला ‘ड्रोन’ पाइन्छ । यि सबै कमिला आ-आफ्नो काम एक अर्काको सहयोगबाट पूर्ण गर्दछन् । यहाँसम्म कि टाढा-टाढासम्म खाना लिन जान्छन् । यिनीहरु एक आपसमा आफूले ल्याएको चीजलाई पालोफेरो गरि बोक्ने गर्दछन् । सिपाही कमिला आफ्नो घरलाई बचाउनको लागि आक्रमणकारीसँग पूरा बहादुरीका साथ लड़ाई लड्छन् ।
कमिलामा कठिन परिस्थितिसँग लड़ने ताकत हुन्छ र आपसमा कुराकानीको लागि यिनीहरुसँग धेरै राम्रो तरीका हुन्छ । जुन धेरैजसो मानवविय तरीकासँग मिल्दो जुल्दो हुन्छ । कमिलाको आँखा दुईवटा हुन्छन् तर ति दुईवटा आँखामा कयौं छोटा-छोटा लेन्स जोडिएको हुन्छ यसकारण यिनीहरु कयौं दिशामा एकै पटक देख्न सक्छन् । तर यिनका आँखाले राम्रो र प्रष्टसँग देख्नलाई असमर्थ हुन्छ । यसको अलावा यिनका टाउकोमा दुई एंटीना हुन्छ यसकारण यसले चीजलाई छोएर महशुस गर्न सक्छ । साथै यिनलाई शिकारलाई पक्रनको लागि बलिया दाँत पनि बनाइएको छ । आफ्नो वजन भन्दा पचास गुणा भारी सामान यिनले उठाउन सक्छ ।
कमिलाहरुमा रहेको खास बासनाको कारण उनिहरु एक अर्कासँग सूचना आदान-प्रदान गर्न सक्दछन् । यो बासनामा खास केमिकल फेरोमोन्सको हुन्छ । खानाको खोजीमा अगाडि जानेवाला कमिला खाना मिल्नसाथ फर्केर आफ्नो घरसम्म फेरोमोन्सको एक रेखा छोड्दै छोड्दै फर्केर आउँछ । यसै बासनाको सहाराले कामदार कमिलाहरु वहाँसम्म पुग्न सक्छ र त्यस खानालाई टुक्रा टुक्रा बनाएर बिस्तारै विस्तारै लान थाल्छन् । साथै हरेक प्रकारका अघिल्लो कमिला साथिको लागि फेरोमोन्स पनि छोड्दै जान्छ । जब खाना खत्तम हुन्छ तब यिनीहरु फेरोमोन्स छोड्न बन्द गर्छन् र कमिलाको यात्रा रोकिन थाल्छ । जब कुनै कमिलालाई कहीं कतै खतरा महशुस हुन्छ । यो कुनै कारणले त्यो कुनै बाटोमा घाइते हुन गयो भने कुनै खास किसिमको केमिकल अलार्म जस्तो चीज छोड्छ, जसलाई सूंघेर बाँकी कमिला त्यसतर्फ जानै छोड्छ ।
कमिलाहरु रहने ठाउँ अँधेरो वा सुरुङ मार्गले भरीपूर्ण हुन्छ । जहाँ बैक्टीरियल वा फंगल इंफेक्शन हुनसक्छ । अल्लाहले कमिलालाई यसबाट बचाउनको लागि यिनको जीउमा खास मेटाप्ल्यूरल ग्लैंड बनाएको हुन्छ । जुन ठाँउ भित्र एण्टीबैक्टीरियल र एण्टीफंगल केमिकल्स रहेको हुन्छ र यसै कारणले कमिला बैक्टीरिया वा फंगलको हमलाबाट सुरक्षित रहन्छ ।
कमिलाले केही किसिमको खेती पनि गर्दछ । जस्तै लीफकटर कमिला
एक खास किसिमको पत्ता खाएर बाँच्दछ । यसैले पत्तालाई जम्मा गर्नको लागि तिनीहरु पत्तालाई काटेर छोटो-छोटो टुक्रा पार्दछ र त्यसलाई आफ्नो सुरुङमा गुँढ(बासस्थान) बनाएर राख्दछन् । यसै पत्तामा खास किसिमको जालो हुन्छ । यसैले हामी कमिलालाई ईश्वरको अनौठो किसिमको सृष्टी हो भन्न सक्छौं ।
कमिला१ |
No comments:
Post a Comment