मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Monday, January 19, 2009

life is journey travel comfortably


No doubt, life is a journey but many could not travel comfortably. Comfort comes with travel agent, travel carrier and service at the destination or at transit. Once I had a transit route at Abu Dhabi airport and I was encouraged with the slogan printed at the board ‘Life is a journey travel comfortably’ but I feel myself sorry to see the uncomforted situation. Over crowded lounge, not enough and uncomfortable chairs forced travelers to lie or sleep on the floor path (see picture). How can one feel comfortable sleeping of the path? I didn’t find drinking water neither a point to charge mobile. Suffocative dome with cigarette smoke was not making my journey comfortable at this place.

यो के भो


यो के भो बर्षादमा बादल हट्यो कि कतै ती आँखाबाट गाजल हट्यो,
किन उनले मेरा खस्रा हात रोजीन्, शायद समाएको आँचल हट्यो।

नियमितता र आकस्मिकताको संयोगलाई नै 'भाग्य' मान्ने हो भने कुनै पनि 'सार' र 'रुप'मा फरक भेटिंदैन। पलभरको भिन्नताले 'म' रहेको ठाउँमा तपाईं रहनुहुन्थ्यो। मैले गरेका काम तपाईं गर्नुहुन्थ्यो। यसैलाई बुझाउने प्रयास गर्दैछन् यस पोड्काष्ट्का लोकप्रिय प्रस्तोता- अच्युत घिमिरे। प्रस्तोता- श्रोता दूरी, लोकप्रियाताको रहस्य र बैज्ञानिकता सम्बन्धी प्रस्तोताको मनोवाद यो बुलबुलमा सुन्नुहुनेछ।

कार्यक्रमलाई नेपालका बिभिन्न रेडियो माध्यमबाट बिभिन्न समयमा प्रसारण गरिएको थियो। कार्यक्रममा हिन्दी गजल र धूनहरुको प्रयोग गरिएका छन्।

म भट्टीवाल्नी, आज पाठशालाका कुरा सुन्नुस्

काठमाडौको एकछेउमा एउटा भट्टीपसल छ। म त्यहाँको साहुनी। मुखै फोरेर भनुँ न- भट्टीवाल्नी। अली पहिलेसम्म अरु अरु पनि पसलमा हुन्थ्यो। तर यो नयाँ सरकारले पिउँदा लाग्ने चीज बेग्लै बनाउँने भनेदेखि भने मेरो भट्टी बेग्लै बनाएको छु- अलिक फराकिलो गरेर। प्रायजसो उही अनुहार, उही समूहका व्यक्तिहरुको अनेक कुराकानी, विचार, गन्थनमन्थन, आक्रोश, खुशी, पीडा सुन्न पाइरहन्छु। अनि उनीहरुको थेत्तरपन, काँतरपन, निर्लज्जपन, हाकिमीपारा, धाक-रबाफ, फाईफुट्टीपन, मर्दाङ्गीपनलाई पनि कहिलेकाही झेल्नैपर्छ। के गर्नु त्यो मेरो बाध्यता पनि हो। अनि मेरो व्यावसायिकताभित्र लुकेको मानवता पनि। जहिले अरुको सुन्दा सुन्दा वाक्क भए भनुँ भने पनि धर नपाउने। के गर्नु यस्तै नै छु- म, मेरो काम, अनि मेरो दिनचर्या। तर आज म केही कुरा भन्छु। देशमा अनेकथरीको तन्त्र आको बेलामा पनि नभने कहिले भन्नु र? कि कसो हो कुन्नी? भनेर म आफैले आफैलाई सोध्दा 'होत्तनि'भन्यो। लज्जा त भनेर आज त भन्दैछु। तर म राम्रा कुरा मात्रै सुनाउँछु है। भट्टीको नराम्रा कुरा त भन्नै पर्दैन। किनकी त्यस्ता नराम्रा कुरालाई त हावाले नि उडाएर टाढाटाढासम्म लैजान्छ रे। तर राम्रा कुरा चाहिँ खेपैपिच्छे दोहोर्याइराख्दा मात्रै फैलिन्छ रे क्या। भनेको सुनेको मैले नि। अनि आधाउँधी त साँचो नै हो भन्ने ला'छ मलाई नि।

आजकाल त यो बिजुलीबत्ती नहुनाले पनि धेरै मान्छेहरु ओइरिन थालेका छन् मेरो भट्टीमा। त्यसहिसाबले ब्यापार नि हुन्छ। चुरोटको धुवाले कोठानि धमिलिन्छ। हल्लाखल्ला र खैलाबैलाले माहोल नि तात्तिन्छ। अनि कहिलेकाही किचलो हुनु त सामान्य कुरा भो यो लाइनमा। ए साँची! पहिला पहिला त खाली लोग्नेमान्छेहरु र विदेशी स्वास्नीमान्छेहरु मात्रै आउँथे। आजकाल त जमाना निकै बद्लिदै छ। स्वास्नीमान्छेहरु पनि आउँछन्- भर्खरकादेखि लिएर पाका पाका जस्ता लाग्नेहरु। बाबै! उनीहरु पनि मजाले चुरोट सल्काएर सानसँग धुवा उडाउँदै ठुल्ठुला राजनीतिका कुरा गर्छन्। हातमा रक्सीको गिलास लिएर कस्तो निर्धक्कसँग बस्छन्।

शुरु शुरुमा त उनीहरुलाई देखेर मेरो मुख आऽऽऽ को आऽऽऽ हुन्थ्यो। आँखा एकोहोरिएर उनीहरुको चर्तीकलातिरै अडिन्थ्यो। अनि साह्रै अचम्म लाग्थ्यो। कस्ता नकचरी, बाइफाले अनि थेत्तर र'छन् भनेर मनै पराउन्नथे म। यिनका घरमा को को छन्? किन यसरी बिग्रिएका होलान्? यिनलाई कसैको डर लाउन्न कि क्याहो? भन्ने सोचेर म भुतुक्कै हुन्थे। तर बिस्तारै बिस्तारै उनीहरुको कुरा सुन्दै जाँदा, व्यवहार हेर्दै लादा त नयाँ कुरा हैन रहेछ भन्ने लाग्न थाल्यो। अनि उनीहरु हाम्रा देशका गन्नेमान्ने आइमाईहरु नै होलान् भन्ने अड्कल काटे। तर मजस्ता चाही पक्कै हैनन् है भन्ने पनि मजाले बुझे। अनि कि, आइमाईले भट्टी मात्रै चलाउने हैन भट्टीमा गएर ती लोग्नेमान्छेहरु जत्तिकै रमाउन पनि हुने रहेछ भन्ने पनि मनमा लागेको छ। तर यही कुरा मेरो लोग्नेलाई चाहि पिटिक्कै ठिक लाग्दैन। खै किन हो कुन्नी मैले के खा'र बुझ्नु? त्यसैले मैले नि मेरो मनमा लाग्या कुरा लोग्नेलाई भनेकै छुईन अहिलेसम्म। भन्न नि सक्दिन होला सायद। मैले भन्न नसके के भो र मेरा सन्तानले आफै बुझ्छन् झैँ ला'छ मलाई। एता सुन्नुस् न, मैले भनेको थिएँ नि, ती आइमाईहरु गन्नेमान्ने नै होलान् भनेर। बाफरे, हो त रहेछ नि। म पनि ठीकै अड्कल काट्दो रहेछु गाँठे।

मेरा भट्टीमा आउनेमध्येमा एउटा टोली छ। त्यो टोली हप्तामा एकदिन झुल्किन्छन्, हप्ताभरीको कुराकानी एकअर्कासँग फुकाउँछन् अनि हराउँछन्। अनि फेरी त्यस्तैगरी अर्को हप्तातिर देखिन्छन्। उनीहरु साह्रै मिजासिला अनि राजनीतिसम्बन्धी धेरै कुरा गर्ने, देशमा भइरहेको हरेक घटनाप्रति जानकार रहने अनि खुला विचारका लाग्छन् मलाई। उनीहरुको अनेकथरीको कुराले मैले नि धेरै कुरा था पाउछु। कहिलेकाहीँ त अचम्ममा पर्छु म उनीहरुको कुरा, एकअर्काको कुरामाथि अरु कुरा थपेको देखेर। अनि एकअर्कालाई बुझेको र आदर गरेको देखेर। अनि उनीहरुले मेरो भट्टीलाई आफ्नै हिसाबले नामाकरण गरेका छन्- पाठशाला। अनि उनीहरुमध्येको कोही एकजनालाई पालैपालो गरेर भेलापिच्छे माट्साप बनाउँछन्। अनि अनेकवली कुराकानी शुरु गर्छन्। एकआपसमा वादविवाद गर्छन्। उनीहरुको टोलीमा कहिलेकाही अघि मैले माथि भनेझैँ आइमाईहरु पनि सामेल हुन्छन्। उनीहरुले नै भनेका कहिलेकाही आउने चाही विशेष अतिथि रे पाठशालाका। अनि क्या गजबले तालमा ताल मिलाएर कुराकानी गर्छन्। कहिलेकाही त झगडै गरे जत्तिकै चर्काचर्की पनि पर्छ। तर एकैछिनमा फेरी कस्तरी मिलीहाल्छन्। उनीहरुलाई देखेर त नि छक्क पर्छु। यस्तो भट्टीमा आएर मजाले रक्सीसक्सी पिउँछन्। चुरोटसुरोट तान्छन्। अनि कत्रा कत्रा ठुल्ठूला योजना सोजना खै संघीय राज्य, के के जाती बाँडफाँडका कुरा, फलाना पार्टीले यस्तो गर्यो, उस्तो गर्यो, फलानले यस्तो लेख्यो, खै के के हो के के भनेर कुराकानी गर्छन्। तर पनि उनीहरुको व्यवहार भने अरु जड्याहाँ र रक्स्याहा जस्तो हुन्न। मेरै लोग्नेकै बारेमा म यसो विचार गर्छु। अहँ, म त्यस्तो पाउँदिन। खैर, सबै उनीहरु जस्तै भइदिए त कस्तो होला हगि? भन्ने सोचेर घरीघरी म त्यसै फुरुङ्ग हुन्छु। अरुझैँ जाँड खाने मान्छे पनि सद्दे हुँदारहेछन् भनेर म घरीघरी दंग नि पर्छु।

साँची त, खै कुन कुरासँग जोडेर राखे उनीहरुले मेरो भट्टीको नयाँ नाम। तर सुन्दाखेरी मेरो कानलाई सन्चो हुन्छ। अनि मन पनि फुरुङ्ग हुनेगर्छ। उनीहरुको अगाडी उभिँदा मलाई मेरो भट्टी र जाँडसाँड बेच्ने काम पनि निकै ईज्जतीलो पेशा हो भन्ने लाग्छ। उनीहरुले मेरो विचार पनि बुझ्नेगर्छन् कहिलेकाहीँ। व्यापार कस्तो चल्दैछ? कमाई कत्तिको हुँदैछ? केटाकेटीहरु के गर्दैछन्? यस्तै पारिवारिक कुराकानीदेखि देशमा भइरहेको के के जातीबारेमा मेरो मनमा के छ? मैले कसरी बुझेको छु भन्ने पनि सोध्न भ्याउँछन्। उनीहरुको त्यो सोधाईले मैले पनि मनमा केही कुरा गुन्नु उन्नुको मतलब फेला पारे। अनि आजकाल त धेरैजसो कुराहरुमा मेरो चासो बढेको छ झैँ ला'छ। अनि पहिले भन्दा कुरा नि अलिक बढी नै बुझ्न थालेछु कि भन्ने नि ला'छ। तर अरुलाई भनुँ भने बढी भईखाकी भन्लान् भन्ने पीर'नि छ मनमा। मेरो आमाले म तरुनी छँदा मलाई सम्झाउँदै भन्नुहुन्थ्यो 'संगत गुणाको फल'। हो र'छ भन्ने ला'छ। सँधै उही मात्तिएका/पात्तिएका पिउनकै लागि मात्र पिउँनेहरुको संगतले त के उँभो लागिदोरहेछ र? के नै कुरो बुझिदोरहेछ र? सँधै यस्तै यस्तै मान्छे मेरो भट्टीमा आउँने जाने गरेमा त धेरै कुरा बुझ्न सक्ने रहेछु।

त्यो टिभी अनि एफएमहरुले दिने सम्‌चार त उनीहरु आको बेलामा था पाउँछु म। बत्ती हुँदा नि त्यत्ति सारो सम्‌चार हेर्ने अनि सुन्ने चलन हुन्न मेरोमा। अरुले भनेको 'अरे'को भरमा बस्नुपर्थ्यो। अस्ती भर्खरै मात्रै सबैजना खूबै दुःखी भए- जनकपुरको एकजना आइमाई पत्रकार मारेको भनेर। त्यो भन्दा अघि नि अरु थुप्रै कुरामा यस्तै चिन्ता गर्दै थिए उनीहरु। अब यो लोडसेडिङको राजनीतिबारेमा नि थुप्रै कुरा गर्छन्। अनि विशेष अतिथिमा आउने आइमाईहरु भाको बेलामा त अरु बेला भन्दा फरक, खै के भन्थे हौ....अ... याद आयो जेण्डर हो क्यारा। हो हो, त्यही भन्थे। हौ त्यो भन्ने शब्दबारेमा नि कुरा गर्छन्। तर मैले चाहि गाँठ्ठी कुराको भ्याउ पाएको छुइन। तर त्यो चीज निकै भयंकर नै होला भन्ने ला'छ।

आच्या! भुसुक्कै भो नि। भट्टीवाल्नी भएर पनि मैले त भट्टीमा आएका ग्राहकझैँ लम्बेतान कुरा पो सुनाउँन पुगेछु। यस्तै पारा हो भने मेरो भट्टी सुक्दैन होला त? कसरी सुक्ला र भन्ने भा'छ तपाईको मनमा? अब ग्राहकले गर्ने आधा काम मैले नै भ्याइदिएपछि सुकेन त? ए अँ, एउटा कुरा त भनेरै छाड्छु है। हिजो मात्रै मलाई मनपर्ने टोलीको एकजना माट्साप निकै चाँडै आइपुगे। आएर सँधै झैँ 'हैन माट्साप म त चाँडै पाठशाला आइपुगे। सबै चाँडै भेला हुने कि?' भनेर मोबाइल नि गरेनन्। ग्राहक धेरै थिएनन् मेरा नि। उनले चुरोट मगाए सँधै खानेगरेको- सुर्य। अनि मेरो हालचाल, व्यस्तता सोध्न थाले। कुरा गर्दै जाँदा मलाई बत्ती नहुँदा कसरी कामकाज चलाउँदै हुनुहुन्छ भनेर सोधे। मैले आफ्नो कठिनाई र थप कसरत हूबहू बताए। उनी त झनै सोचमग्न पो देखिए।

बोल्दाबोल्दै मैले भनिदिए उनलाई- 'यो चिम कस्ले बनायो कुन्नी तर त्यो मान्छेले जानेन'। एक्कासी उनले भने 'कसरी?'
'कसरी हुनु नि अब। चिम त बनायो नि तर त्यसलाई बिजुली चाहिने किन बनायो त? अरु देशमा मात्रै फिट भयो नि त। खै हामीकहाँ त फिट भएन नि'। मलाई हेरेर मजाले हाँसे सही थप्दै भन्न थाले- 'हो नि साँची। अनि यो गाडी बनाउनेले पनि पेट्रोल अनि डिजेल चाहिने किन बनाएको होला हगि? अनि यो टिभी बनाउनेले पनि त बिजुली चाहिने बनायो नि हैन?'।
'हो नि' भन्दै म पनि हाँसे। तर एकैछिनमा उनले मलाई सोधे- 'यस्तो कुरा कहाँबाट पत्ता लगाउनुभो तपाईले?'।
'तपाईहरुकै गफगाफबाट नि' मेरो कुराले उनी छक्क परे। अनी मैले नै भने- 'खै अस्ती मात्रै तपाईहरुले भनेको सुनेको मैले। अरु देशको जस्तो संघीयता नेपालमा फिट हुन्न भन्ने कुरा। त्यही भएर मैले नि अरुले बनाएको चीम हाम्लाई फिट नभएको होला भनेर जोडेको नि'।

'ए त्यसो भा कुरा सही सुन्नुभो तर पूरै बुझाउन बाँकी भएछ। पूरै कुरा बुझ्नको लागि आज हाम्रो विशेष पाहुना हुने हो त?'
आम्मै! राम राम राम, मेरो त होशै उड्यो नि एकछिनलाई त। मैले भन्दै थिए नि अघिनै। नराम्रो कुरा हावाले फैलाउँछ भनेर। मेरो दिमागमा नि त्यो चुरोटको धुवा उडाएको आइमाई पो आयो। हातमा गिलास लिएर विशेष पाहुना बनेको मात्रै देखे। अरु कुरा त केही नि देखिन। अनि मेरो त मुहारै रातो भयो। मुखै सुकेझैँ लाग्यो।

'दिदी तर्सिनुपर्दैन त्यसरी। हामी आज तपाईले बुझ्नेगरी कुरा गर्छौ। तपाई आफ्नो काम गर्दै सुन्न सक्नुहुन्छ। अनि नभ्याएको बेला छुटेको कुरा, नबुझेको कुरा भ्याएको बेलामा आएर सोध्न सक्नुहुन्छ। अनि विशेष पाहुना हुनुभएन त?'
'ए त्यसरी त हुन्छ नि किन नहुनु र' ए रात्तै, कस्तो ट्याक्कटुक्क कुरा मिलाएको बा। दिमागले नि कत्ति छिटो भ्याको त।
'तपाई आजदेखि हाम्रो पाठशालाको नियमित विशेष पाहुना है त दिदी। तपाईलाई लागेको कुरा हामीसँग जहिले सोधे नि, भने नि हुन्छ' अहो म पो उनीहरुको नियमित पाहुना रे। लौ जा। जिब्रो बाहिर निकालेरै टोकेछु। तर बडो खुशी छु म। सन्नुस् न खुशी नहुनु पर्ने कारण के नै छ र हैन त। कमसेकम यो लोडसेडिङले मेरो लागि यत्ति त राम्रो गरेको छ। धन्य लोडसेडिङ। तर १६ घण्टाभन्दा बढी चाहि नहोस् बरु चाँडै कम होस् भन्ने मेरो भित्री मनदेखिको प्रार्थना छ। त्यसको बदलामा लोडसेडिङ कम हुनासाथ पाठशालाका ती टोलीको कुरा कम सुन्न पाइए पनि ठिकैछ। कस्तो लाग्यो त मेरो कुरा तपाईहरुलाई? भट्टी र भट्टीवाल्नीका कुरा नि सुन्ने हो भन्ने त लागेन कतै? जे लागे नि भन्नुस् है। अब मेरा लागि तपाई नि विशेष पाहुना। ती माट्सापले भनेझैँ क्या त। नमस्कार!

चितुवा मानवको चर्तिकला हेर्नुस् त


यिनलाई चिन्नुस्।
यिनी हुन् चितुवा मानव।
टम लेप्पार्ड हो यिनको नाम।
मान्छेलाई शोख पनि गजबगजबको।
उनलाई पनि त्यस्तै शोख रहेकोले यस्तो भएको।


यिनको नाम हो टम लेप्पार्ड। स्कटल्यान्डको एउटा कोही नबस्ने द्विपमा २० वर्षदेखि बसिरहेका छन् उनी। उनी बसेको ठाउँमा न विद्युत छ न फर्निचर।

उनले जिउभरी चितुवाको जस्तो टाट्टु खोपेका छन्। त्यसरी टाट्टु खोप्न मात्रै उनले साढे पाँच हजार पाउन्ड खर्च गरेका थिए।

पहिले उनी लन्डनमा बस्ने गर्थे।

उनले विश्वकै सबैभन्दा टाट्टु भएको कीर्तिमान पनि राखेका थिए। तर भर्खरै न्युजिल्यान्डका लकी डायमन्ड रिच भन्ने व्यक्तिले त्यो उपाधि खोसेका छन्।