भवानीदाइले एकहप्ताअघि एउटा साहित्यिक कार्यक्रममा मलाई कोट्याएका थिए, 'खै कविता देको ?'म हाँसिरहे।
'भानुको नयाँ अंक आउनै लाग्यो,' मोटो पावरदार
चस्माभित्रका छिपछिपे आँखाले मलाई गढेर हेर्दै उनी हाँसेका थिए, 'फोन नम्बर पनि दिनुस्। अस्ति मेरो मोबाइल हरायो। तपाईंको नम्बर पनि हरायो।'
भवानी घिमिरे दाइको यही कुरा मलाई रमाइलो लाग्थ्यो। हरेक पल्ट बूढा मान्छे चिन्दैनन् कि, म ठान्थेँ, तर हरेक पल्ट उनी मलाई चिनिहाल्थे। यसरी भवानी दाइ, भर्खरै लेखनमा आएका कवि तथा लेखकलाई चिन्थे। अझ उनीहरूको प्रतिभाको खबर उनका अगाडि लुक्दैनथ्यो। भानु पत्रिकाका पछिल्ला अंकहरू तिनै नयाँ साहित्यकारका रचनाले भरिएका हुन्थे।
त्यति हो, भानुका पछिल्ला अंक भानुदाइका उमेरले थिचिएर दुब्लाउँदै गएका थिए। त्यही पनि भवानी दाइले भानुलाई अस्ताउन दिएनन्। लुलो हुँदै गएको दायाँ हात कमाउँदै उनी हरेक भेटमा भानुको नया अंक दिन्थे।
र, हरेकपल्ट भानुका लागि नयाँ रचना माग्थे।
भवानी दाइलाई मैले पहिलोपल्ट बागबजारको एउटा अँध्यारो कोठामा भेटेको थिएँ। उनी भानुको नयाँ अंकको तयारीमा थिए। कमजोर भएका आँखालाई चिम्सा बनाउँदै एफो साइजमा प्रिन्ट भएको पत्रिका अगाडि टेबुलमा फैलाएर उनी दिनभर निहुररिहन्थे।
गहिरो र एकदम खस्रो आवाजका भवानीदाइ प्रायः ढाकाटोपीमा देखिन्थे। टोपी नभएका दिन भने सिमलको भुवाजस्ता कपालमा उनी बुढो सिमलको रुखजस्तो देखिन्थे। गर्मीमा खरानी रङको सफारी सुट हुन्थ्यो भने जाडोमा खैरो रङको ओभरकोट। पावरदार चस्माभित्रका आँखा छेउछाउ कालाकाला धब्बा। चिया पिउँदा पनि उनका हात विस्तारै काँपिरहन्थे।
करिब आठ महिनाअघि एउटा पत्रिकाको अन्तर्वार्ताका लागि म भवानी दाइले दिएको ठेगाना लिएर चाबहिल पुगेको थिएँ। उनी गर्धन तन्काई-तन्काई मतिर हेररिहेका थिए। चाबहिलको एउटा घरको दोस्रो तलाको अँध्यारो कोठामा भानुको कार्यालय थियो। दुइटा कुर्सी, दुइटा टेबुल। भित्ताभर साहित्यकारका पोस्टर। त्यही मुन्तिर भवानी दाइ टेबुलमा फैलिएका कागजमा घोप्टो पररिहन्थे।
त्यस दिन अबेरसम्म मैले भवानी दाइलाई पुरानो बाकसझैं खोतलखातल पारेको थिएँ।
७९ वर्षको उमेरसम्म उनको मनमा कुनै तुष थिएन। कहिलेकाहीँ लागिदिने एक्लोपन पनि आफैले रोजेको हो, उनलाई लाग्थ्यो।
'मैले जीवन 'कज'को निमित्त समर्पित गरेँ,' उनले त्यसदिन मुस्कुराउँदै भनेका थिए, 'यस्तो आनन्द क्यैमा हुँदैन।'
कति दिएँ, कति पाएँ ? सायद, उनलाई हिसाब-किताब गर्ने फुर्सद थिएन। भानुले कहिल्यै फुर्सदै दिएन।
कहिलेकाहीँ फुर्सद भइहाल्यो भने भवानी दाइ अतितयात्रामा हिँड्थे। जस्तै सडक कविता यात्राको कार्यक्रम सकेर न्युरोडबाट र्फकंदा एउटा पुलिसले धम्काएको थियो, 'म तिमेरूलाई बोरामा बाँधेर बुङमतीमा फालिदिन्छु, बुझ्यौ ?'
र, पनि सडककविता क्रान्ति सफल भयो।
०४६ सालमा भूपी शेरचनले राजाको पक्षमा कविता लेखेर गोरखापत्रमा छापेपछि, भवानी दाइ धेरै वर्ष भूपीसित बोलेनन्। झापाको साहित्यिक कार्यक्रममा भूपीको स्वागतमा उभिएका भवानी दाइ देखेर भूपीले अंगालो मारेर रुँदै भनेका थिए रे, 'भवानी मलाई माफ गर।'
र, भूपीले माफी पाए।
भवानी दाइ नै हुन्, जसले भूपीका सुरुवातकालीन कविता सुनेर भनेका थिए, 'भूपी, तिम्रा कविता नारा भए।'
भूपीले धेरै नयाँ कविता भवानी दाइलाई नै सुनाए।
भूपी अहिले नेपाली गद्य कविताका जग भएका छन्। भवानी दाइलाई यसले आनन्द दिन्थ्यो। 'इगो' कहिल्यै पालेनन्। गोरेटोबाट राजमार्गमा आइपुगेर अल्मलिएका स्रष्टालाई सही बाटो देखाइदिएर भवानी दाइले धेरैलाई गुन लगाएका छन्।
कहिलेकाहीँ फुर्सदमा भवानी दाइलाई आग्रह गर्यो भने उनी कविता पनि सुनाउँथे। आक्रोस भरिएका कविता। कविता वाचनका लागि भवानी दाइ एउटा पाठशाला नै थिए। मोटो आवाजमा जब उनी कविता सुनाउँथे, आँखा ठुल्ठुला हुन्थे। चिटचिट पसिना निस्किन्थे। पछिल्लो समयका कविता सुनाउन थालेपछि, दम र खोकीले न्याक्थे। त्यसैले भवानी दाइ अरूका कविता नै बढी सुन्थे। धापको उनीसित कमी थिएन। अखबारी पत्रकारतिँमा पनि भवानी दाइले धेरैलाई गुन लगाएका छन्। भवानी दाइको जीवनयात्रा अक्षरका डिलैडिल हिँड्यो तर कहिल्यै लड्खडाएन।
एक हप्ताअघि मात्रै एउटा कवितासंग्रहको विमोचनमा भवानी दाइसित जम्काभेट भएको थियो। भवानी दाइ केही दुब्लाएछन्। हात अझ बढी काँप्न थालेछन्। बागबजारतिरका पुस्तक पसलमा भानुको नया अंक लिएर नआएको धेरै भइसकेछ। बुढ्यौलीले न्याक्दै गएका भवानी दाइको अनुहारमा भने त्यही तेज थियो। त्यही उत्साह र त्यही सपना। मानौं, उनी उमेरको अग्लो पहाडलाई कुइनाले धकेल्दै अघि बढेका छन्।
नौ महिनाअघिको अन्तर्वार्तामा उनले सुनाएका थिए, साठी सालमा दमले थलिएर नर्भिक हस्पिटल पुग्दा भवानी दाइले सोचेछन्, 'म सक्किएँ।'
कुन्नि केले उनलाई यहाँबाट जान दिएन।
र त, त्यस दिन उनले सुनाएका थिए, 'म बाँचेँ। र, पाँच वर्षसम्म गर्न बाँकी काम गरेँ।' अनि, भवानी दाइको दृढ साहस थियो, 'म अझै बाँच्छु।'
उनको कुरा मैले पत्याएको थिएँ।
तर, भवानी दाइ हिँडेछन्। चुपचाप।
उनको देहावसानको खबर सुनेर म एकहप्ता अघिका उनका काँपिरहेका हात सम्झिरहेको छु, जसमा भानुको नया अंक सुम्सुम्याउने लालसा थियो। र, ती चम्किला आँखा सम्झिरहेको छु। जसमा अझै जीवनप्रतिको विश्वास थियो।

No comments:
Post a Comment