मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, June 26, 2011

सेकेन्ड डिभिजन

जसरी 'ठूलो मान्छे बन्नुपर्छ' भन्ने सिद्धान्त फेल खाएर 'असल मान्छे हुनुपर्छ' भन्ने विचार अगाडि आयो, त्यसैगरी 'फस्र्ट नै हुनुपर्छ' भन्ने  विचार विफल भएर 'सेकेन्ड बन्नुपर्छ' भन्ने सिद्धान्त सफल हुने सम्भावना बढेको छ। कोही अभिभावकको दबाबले 'फस्र्ट डिभिजन' आउने वा  कुनै शिक्षकको असक्षमताले 'सेकेन्ड डिभिजन' ल्याउने भन्ने हुँदैन।



'स्नातक' मात्र गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' देशको प्रधानमन्त्री भैसके, २०२६ सालमा 'बोर्ड फस्ट' भएर 'डक्टरेड' गरेका बाबुराम भट्टराईले अर्थमन्त्रीमै अल्झिनुपरेको छ ! मात्र, 'स्व-अध्ययन' गरेका सुशील कोइराला कांग्रेस सभापति बनेका छन्, बीए
/बीएल गर्ने शेरबहादुर  देउवा उपसभापतिमै अडि्कएका छन् ! 'एसएलसी पास' केपी ओलीको बोलीले 'स्नातक' पढेका झलनाथको सरकारलाई आच्छु-आच्छु पार्छ,  अराजक 'सभासद्'को झुन्डले पूर्वशिक्षक उपेन्द्र यादवको पार्टीलाई तहसनहस गर्छ ! अब, आफैं विश्लेषण गर्नोस्— 'सर्टिफिकेट' के हो रहेछ,  के होइन रहेछ !

मम्/ड्याडहरू 'फस्र्ट डिभिजन'का लागि दबाब दिन्छन्। तर, २०५० सालकी एसएलसी 'टपर' गरिमा बेलायतमा बस्छिन्, ०५२ सालका ' टपर' आयाम जापानमा जम्दैछन्।  ०५४ का मदन बडाल अमेरिका स्थापित हुन खोज्दैछन्, ०५५ का वीरेन्द्र घिमिरे जर्मनीमा जागिर गर्दैछन् !  आधाभन्दा बढी यस्ता 'बोर्डफस्र्ट'हरू विदेशमै छन्, स्वदेशमा भएकाहरू मौका पाउनासाथ जाँदैनन् भन्न सकिँदैन। सायद त्यसैले होला, एक  जना कविले व्यंग्यवाण कसेको-

'भोक मेटाउँदैन पेटको,

ताला तोड्दैन दुई नम्बरी गेटको

विनाश रोक्दैन बम/रकेटको,

भने,

के काम हो त्यो सर्टिफिकेटको !'


मेरो बुझाइ छ- सेकेन्ड डिभिजन 'चतुर-विद्या' हो भने, फस्र्ट डिभिजन 'विद्या'मात्र हो। यस पटकको एसएलसीमा 'चतुर-विद्या'धारीहरू भारी  मतले विजयी भएका छन्। परीक्षा उत्तीर्ण भएका २ लाख ३० हजार ४ सय ९९ जनामध्ये, १ लाख ९ हजार ७ सय ९५ जनाले 'सेकेन्ड  डिभिजन' ल्याएछन्— 'सेकेन्डवादी सिद्धान्त'को पक्षधर यो स्तभकार अत्यन्तै खुसी भएको छ।

संसारका धेरै मानिस पढाइमा 'पास', जीवनमा 'फेल' हुन्छन्। संसारका सफल कवि, लेखक, कलाकार, इन्जिनियर, वकिल, नेता अधिकांस— दोस्रो श्रेणीमा पास भएका भेटिन्छन्, होइन भने मलाई भन्नोस् !

जसरी 'ठूलो मान्छे बन्नुपर्छ' भन्ने सिद्धान्त फेल खाएर 'असल मान्छे हुनुपर्छ' भन्ने विचार अगाडि आयो, त्यसैगरी 'फस्र्ट नै हुनुपर्छ' भन्ने  विचार विफल भएर 'सेकेन्ड बन्नुपर्छ' भन्ने सिद्धान्त सफल हुने सम्भावना बढेको छ। कोही अभिभावकको दबाबले 'फस्र्ट डिभिजन' आउने वा  कुनै शिक्षकको असक्षमताले 'सेकेन्ड डिभिजन' ल्याउने भन्ने हुँदैन। योग्यता र क्षमता नै उसको सफलता वा असफलताको कारक हो।

'फस्र्ट भयौ भने यसो गरिदिन्छु' वा 'भएनौ भने उसो पनि गरिदिन्न' भनेर बच्चालाई प्रतिस्पर्धाको भुमरीमा ठेल्नु र पौडी खेल्न नजान्नेलाई  गहिरो स्वीमिङपुलमा धकेल्नु उस्तै-उस्तै हो। तेस्रो श्रेणीमा पास हुने महात्मा गान्धीको लोकप्रियता सबैलाई थाहा भएकै हो, प्रथम श्रेणीमा पास  गरेर क्याम्बि्रज/हाडफोर्डमा पढेका असफल राजकुमारहरूको दुर्दशा पनि हामीले देखेकै हो। सुझावले सफल हुन सहयोग गर्छ, दबाबले  असफलताको यात्रा तय गर्छ।

वास्तवमा अस्वस्थ प्रतिस्पर्धा नै असफलताको मुख्य कारण हो। हेर्नोस्, 'पहिलो' बन्ने खेलमा कति तनाव हुन्छ ! लड्नुपर्‍यो, हिँड्नुपर्‍यो, भिड्नुपर्‍यो, आवश्यक परे प्रतिस्पर्धीलाई गिंड्नुपर्‍यो ! तर, लाखौंमध्ये पहिलो बन्ने त एक जनामात्रै हो— पहिलो बन्न नसकेकोमा अर्को तनाव !

यदि पहिलो बनिहाले पनि त्यसलाई टिकाउन अझ तनाव ! कुनै दिन पहिलोबाट झर्नु भो- झन् ठूलो तनाव ! मेरो विचारमा

'दोस्रो' बन्नु र  बनाउनु नै सफल र शान्त जीवनको उदाहरण हो।

'तेस्रो' बन्नु कुवा खन्नु हो, जति गहिरो खन्न सक्यो त्यति नै रसाउँछ। 'पहिलो' खहरे हो, वषर्ामा गडगडाएर आउँछ- हिउँदमा सुक्न सक्छ।  अनि, 'दोस्रो' बन्नु भनेको नदी हुनु हो— जो निरन्तर बगिरहन्छ।

अन्त्यमा, 'तेस्रो' हुनेहरूका लागि जीवनवादी गायक रामेशको एक टुक्रा गीत-

'जिन्दगी हो हारजित भइरहन्छ,

बाधा पन्छाउँदै नदी बगिरहन्छ,

हार भयो भनेर दुःख नमान,

रातपछि दिन आउँछ


नौलो बिहान !'



सापटि: http://www.ekantipur.com/saptahik/article/?id=4681

No comments: