मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, June 17, 2011

२०६८ को जन गणना


प्रिय जन,
आज पुन: तिम्रो चौतारीमा सुस्ताउदै तिम्रो घर दैलो सम्म टेक्ने मौका आएकोमा साह्रै खुसी लागेको छ| समयक्रम संग यस्तो मौका  दश दश वर्षमा मात्र आउँछ| घुम्दै फिर्दै आज फेरि त्यो समय आएको छ तिमीलाई पनि त यसको जानकारी होला नि हैन? टिभी, रेडियो, पत्रिका, इन्टरनेट आदि जताततै म आउने खबर त पाएकै होलाऊ| आशा छ यो पाली पनि मलाई पूर्ण रुपमा सहयोग गर्नेछौ भन्ने ….उही आत्मियता अनि अझ बढी सक्रियताका  साथ…..|
हाम्रो सानिध्यताले पनि यो पाली त १०० बर्ष पो टेकेछ त है ? मलाई अझै पनि  याद छ  वि.सं १९६८ सालमा पहिलो पटक म तिम्रो घरको आँगनमा टेक्न पुगेको थिएँ | सुरुवाती सङ्गतका दिनहरु थिए ति …| त्यस पछी हरेक १०/१० वर्षमा तिम्रो घरको ढोका ढकढकाउदै आमा ,बुवा ,दाजु, भाई दिदि ,बहिनि वाजे, बजै आदि सबैको हाल चाल
सोध्दै आइरहेको छु | मेरो त्यो सोधाईमा तिम्रो परिवार प्रतिको चासो हुने गर्छ तिमीलाई थाहा छ नि हैन ? यी दश वर्षको अवधिमा के के परिवर्तनहरु भएछन त भन्ने मेरो जिज्ञाशा हुने गर्छ ताकी आगामी वर्षहरुमा तिम्रो लागि बिकासका कोसेलीहरु सम्प्रेसन गर्न सकौं| यधपी यसमा मेरो मात्र हात भने हुदैन सबैको साथ अनि तात्पर्यताको जरुरत पर्छ|
२०५८ सालको भेटघाट पछी यो दश बर्षको समयमा देशमा धेरै आरोह अबरोह आए …त्यसको प्रत्यक्षदर्शी पनि बन्योउ तिमी ….सायद खुसीका भन्दा दुखका क्षणहरु बढी  होलान तिमीसंग| के गर्नु ति दिनहरुको त बर्णन गरि साध्य नै छैन है? तै पनि आशा गरौँ आगामी दिनहरुमा त्यस्तो नहोला|
अँ  मेरो यो अषार ३ गते देखि १३ गते सम्मको बसाईंलाई चै हामीले खुब रमाइलो संग ,एकदम सफल हुने गरेर मनाउनु पर्छ है? अषार ८ गते त अझ चाड जस्तै होला| त्यो दिनलाई जनगणना दिवसको रुपमा मनाउने रे नि त ! लौ म  त हिडें आजै देखि नै …सबैलाई समेट्नु छ यसपाली त …."कोही नछुटून कोही नदोहोरिहुन "भन्ने ख्याल पनि राख्नु पो छ त मैले त ….| बरु तिम्रो दैलो मै आएर बाँकी कुराहरु गरौला…. ५० वटा भन्दा बढी कुराहरु गर्नु छ यसपाली त ….
ल त है बाँकी कुरा भेटमा गरौला भन्दै अहिलेलाई बिदा माग्दै छु |
उही तिम्रो हितैषी मित्र
राष्ट्रियजनगणना २०६८


No comments: