मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

no bati in nepal from sunday.................

आइतबारदेखि दिनको १६ घण्टा लोडसेडिङ हुने भएपछि अब बत्ती कहिले जान्छ हैन, कहिले आउँछ भनी हेर्नुपर्ने भएको छ। त्यसैले यो समयतालिका माइसंसारले बनाएको हो। यो विद्युत प्राधिकरणले निकालेको समय तालिका जस्तो बत्ती निभाउने हैन, बत्ती आउने समयको तालिका हो। यसलाई डाउनलोड गर्नुस्, प्रिन्ट गर्नुस्, अनि मैनबत्तीको उज्यालोमा एकटक लगाएर हेर्नुस् बत्ती कहिले आउने हो भन्दै। यसलाई डाउनलोड गर्न र कुन समूहमा कुन ठाउँ पर्छ, त्योबारे थाहा पाउन यहाँ क्लिक गर्नुस्।

हेर्नुस् त त्यहाँ- हप्ताको एक दिन त दिनमा चार घण्टा मात्रै बत्ती आउने रहेछ मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म। रातभर अँध्यारो। बिहानभर अँध्यारो। अनि अरु दिन पनि बिहान चार घण्टा र राति चार घण्टा बत्ती आउने रहेछ।

अब यसो भनेर चित्त बुझाउनु पर्ने भो- हामी नेपाली सार्‍है भाग्यमानी छौँ। हाम्रा बाजेबराजुहरु कसरी अँध्यारोमा बत्ती बिना बस्दा रहेछन् भनेर अनुभूति गर्ने मौका अहिले हामी पाउँदैछौँ। नत्र के तपाईँहरु एक मिनेट पनि विद्युत आपूर्ति बिना बस्न सक्छु भन्ने सोच्न सक्नुभएको छ ? हामी त यहाँ दिनमा १६-१६ घण्टा बस्नुपरेको छ। क्यार्नु त नि- चिम फुटाउँ, आफ्नै पैसाले किनेको। हामी नेपालमा बस्नेहरु सबैभन्दा सहनशील, हामी निकै बहादुर- यही त होला नि भन्ने :( यो न भूतो न भविष्यति महालोडसेडिङले अरु क्षेत्रमा जस्तै माइसंसारलाई पनि असर पार्ने नै छ। क्यार्नु, टिभी मालिकहरुले जस्तो टिभी प्रसारण संकटकाल घोषणा गरे जस्तो ‘ब्लग संकटकाल’ घोषणा गर्न नि नहुने।

त्यत्रा करोडौँका लगानीमा चलेका टिभीहरुले, लाखौँका लगानी रहेका एफएमहरुले त प्रसारण कटौति गरेका छन् भने एक्लो प्रयासमा चलेको ब्लगले भोग्नुपर्ने समस्याको कुरै नगरौँ। अब त इन्भर्टर राख्‍नेहरुको पनि ब्याट्री चार्ज नहुने स्थिति आइसक्यो।

माइसंसारको लागि ल्यापटपको एउटा ब्याट्री मात्रै चार्ज हुने त्यस्तो वैकल्पिक उपाय केही तपाईँलाई थाहा छ भने सुझाउनुस् है। घोषणा नगरे पनि ब्लगको लागि यो महासंकटकाल हुँदै हो। यो संकटकालबाट पार लगाउने उपाय सुझाउन माइसंसार अनुरोध गर्छ। साथमा तपाईँका कमेन्टहरु तत्काल प्रकाशन नभएमा नहतारिनु होला, (तत्काल नछापिएर हतारिँदै गाली लेखिएका कमेन्टहरु पनि निकै आउन थालेका छन् अहिले) मोडरेसनमा रहेका तपाईँका कमेन्टहरु हेरेर अप्रुभ गर्न बत्ती र समय दुवै मिल्नुपर्ने हुन्छ। नबिर्सौँ, हामी नेपालका बासिन्दा अहिले उर्जा संकटकालमा छौँ, यसको पीडा हेर्ने, सुन्नेले हैन, भोग्नेले मात्रै महसूस गर्न सक्छ।

माइसंसारका जानकार पाठकहरुलाई फेरि प्रश्न सम्झाइदिउँ- विद्युत प्राधिकरणले बत्ती नदिएको बेला ल्यापटपको ब्याट्री चार्ज गर्ने वैकल्पिक उपाय के हुनसक्छ ? तपाईँसित केही सुझाव छन् कि ?

No comments: