मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

नाङ्गो कुखुरा

फेशन शो वा सुन्दरी प्रतियोगिताहरुमा युवतीहरु नाङ्गिए जस्तै अब कुखुरा पनि नाङ्गिएका छन्। युवतीहरुलाई जस्तै कुखुरालाई अङ्ग प्रदर्शन गराउने शोख भने मध्यपूर्वका एक वैज्ञानिकलाई चलेको हो। जीव विज्ञानको क्षेत्रमा भइरहेका अनौठा तथा रोचक प्रयोगहरुको शृङ्खला सँगसँगै हेब्रु युनिभर्सिटी, इजरायलका प्रोफेसर अभिग्दोर काहानेरले प्वाँखविहीन नाङ्गो कुखुराको विकास गरेका छन्। प्राकृतिक रुपमै पाइने नाङ्‍गो घाँटी भएको कुखुराको जात र नियमित ब्रोइलर कुखुराको बीचमा क्रसिङ गराएर रातो छाला भएको प्वाँखविहीन नाङ्गो कुखुराको विकास गरिएको हो।



उनका अनुसार त्यस्ता नाङ्गा कुखुराहरु छिटो हलक्क बढ्छन् र गर्मी हावापानी सहने खालका हुन्छन्। कुखुराले आफ्नो आहाराको निश्चित भाग प्वाँखमा खर्च गर्छ तर प्वाँखविहीन कुखुरामा त्यो भाग पनि शरीरको वृद्धि तथा विकास खर्च हुन्छ। अर्कोतर्फ अफ्रिका लगायत विश्वका विभिन्न गर्मी देशहरुमा कुखुरापालन गर्दा चिस्याउने प्रणाली (cooling system ) प्रयोग गर्नुपर्ने हुन्छ, जुन अत्यन्त महँगो हुन्छ। यस्ता कुखुरालाई त्यो आवश्यक हुन्न।

तर आलोचकहरु भन्छन्, यस्ता प्वाँखविहीन कुखुराहरु विभिन्न रोग, परजीवी तथा लामखुट्टेको टोकाइप्रति बढी संवेदनशील हुन्छन्। कुखुराको पखेटाहरु पनि प्वाँखविहीन हुने हुनाले त्यस्ता प्वाँखविहीन भाले कुखुराहरु प्रजनन् क्रियामा भाग लिन समेत नसक्ने उनीहरु बताउँछन्।

No comments: