मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

भोलिदेखि आउने भो कुखुराको काल

नेपालमा पहिलो पटक बर्ड फ्लुको संक्रमण देखिएको पुष्टि भएपछि मन्त्रिपरिषदको अघि अपराह्न बसेको बैठकले झापाको मेची नगरपालिका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। अब संकट पर्ने भएको छ त्यहाँका कुखुराहरुलाई। संकटग्रस्त क्षेत्र घोषणा भएका ठाउँका सबै कुखुरा र अन्य पंक्षीलाई मारिनेछ र जमिनमुनि पुरिनेछ। त्यस क्षेत्रमा करिब १३ हजार पंक्षी रहेको अनुमान गरिएको छ। शनिबार साँझदेखि कुखुरा मार्दै, जमिनमा पुर्दै पूरा कुखुरा मार्न पाँच दिन जति लाग्ने रहेछ। पंक्षी पुरिएका स्थानमा तीन महिनासम्म निरन्तर अनुगमन पनि गरिनेछ। कुखुरा र अन्य पंक्षी मात्र हैन, पंक्षीजन्य पदार्थ, पंक्षी उत्पादन सामग्री र सोसँग सम्बन्धित अन्य वस्तु औजारसमेत सम्पूर्ण सामग्री नष्ट गरिने छन्।

काँकडभिट्टा नजिकको स्थानलाई केन्द्रबिन्दु मानी त्यसको तीन किलोमिटर क्षेत्रको ब्यास वरिपरि पर्ने नेपालको पूर्वी सिमाना मेचीनदी, पश्चिम मेचीनगर नगरपालिका भवन, उत्तर नक्कलबन्दा र दक्षिण सतिघट्टाभित्रको क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र मानिएको हो।

सङ्कटग्रस्त घोषणा कायम रहेसम्म त्यस क्षेत्रमा कसैले पनि कुखुरा वा अन्य पंक्षी पाल्न पाउने छैन, ओसारपसार गर्न पाउने छैन, कुखुराको अण्डा, मासु बेच्न पाउने छैन, खान पाउने छैन।

No comments: