मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

इन्द्र लोहनीको भौतिक शरीर अब हामीमाझ रहेन।

इन्द्र लोहनीको भौतिक शरीर अब हामीमाझ रहेन। पशुपति आर्यघाटमा आज उनको दाहसंस्कार गरियो। लोहनीका छोरीहरु मात्र भएकोले पार्थिव शरीरमा उनका भाइ मधु लोहनीले दागबत्ती दिएका थिए। स्वर्गीय लोहनीलाई श्रद्धाञ्जलि दिन आर्यघाटमा विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, सञ्चारकर्मी कलाकार र उनका फ्यानहरुको घुइँचो थियो।लोहनीको शव नेपाल बार एसोसिएसनबाट गाडीमा राखी बबरमहल, बानेश्वर, तीनकुने हुँदै आर्यघाट पुर्‍याइएको थियो। शवयात्रामा कानुन व्यवसायी र सञ्चारकर्मीको ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो। यसअघि स्वर्गीय लोहनीको शव नेपाल बार एसोसिएसनको प्राङ्गणमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखिएको थियो।

No comments: