मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Saturday, January 17, 2009

http://www.mysansar.com/?p=3568

आँप र साँपको यो सम्मिश्रणपूर्ण अभिव्यक्ति काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको उदगार हो। आरामका लागि दुई दिन गृहनगर विराटनगर आएका कोइरालाले आफ्नै निवासमा सँधै झैँ फर्कनुअघि कुरा गरे। विराटनगर जाँदा उनी सँधै त्यहीँका पत्रकारसँग केही न केही महत्त्वपूर्ण कुरा बोल्ने गर्छन्। यस पटक खासै त्यस्तो महत्त्वपूर्ण कुरा त केही बोलेनन्, तर हत्त पत्त पत्रकारहरुसँग केही नबोल्ने नेता भएका हुनाले उनको बोली पनि समाचार बन्ने गर्छ। हिजोका विद्युतीय सञ्चारमाध्यममा र आजका छापामा उनको बोली समाचार बनेको छ।

उनी भन्छन्, सरकार आँप हो, माओवादी साँप हो। कसरी त ?

उनका अनुसार माओवादी नेतृत्वको यो सरकार रुखमा फलेको पाकेको आँप हो रे। यस्तो आँपलाई जति माया गरेर राखे पनि हुन्न रे। कसैले झार्नै पर्दैन रे त्यसलाई, एक दिन आफै पाकेर झर्छ रे। यसो हेर्दा गिरिजाबाबुलाई आँप सार्‍है मन पर्ने जस्तो छ। नभए रुखमा जे पाके पनि झर्ने कुरा त सबैलाई थाहा छ नि। त्यही रुखबाट तल किन झर्छ भन्ने कुराको पछाडि कुदेर न्युटन महान् वैज्ञानिक भएकै हुन्।

अब साँपको प्रसंग। माओवादीलाई शान्ति प्रक्रिया र मूलधारमा ल्याउने काम आफूले नै गरेको तर उसैले अहिले शान्तिप्रक्रियालाई ओझेलमा पार्न खोजेको आरोप लगाउँदै उनले साँपको प्रसंग जोडेका रहेछन्। साँपलाई जतिसुकै माया गरेर पाले पनि टोक्छ भन्दै माओवादीरुपी साँपले आफूलाई टोकेको अर्थमा उनले त्यसो भनेका रहेछन्।

त्यो छोटो कुराकानीमा उनले निकै उपमाहरु दिए। साँप र आँपको उपमा बाहेक उनले असन्तुलित डुंगाको पनि उपमा दिए सरकारलाई। ढलमल भइसकेको छ डुंगा, अब आफै डुब्छ रे। अनि त्यसैगरी अर्को उपमा पनि दिए उनले फाटेको कपडाको। यो उपमा भने उनले आफ्नै पार्टीको संगठनलाई दिएका हुन्। अहिले पार्टीको संगठन फाटेको कपडा जस्तो भएको र त्यसलाई सुधार्न नै देशव्यापी दौडाहा गरिरहेको उनको भनाई थियो।

No comments: