पन्ध्र प्लेट मःमः रित्याउनोस्,
सत्र प्लेट सेकुवा सिध्याउनोस्,
पुरी-तरकारीले आन्द्रा पुर्नोस्,
त्यसले नि' नपुगे प्लेट र चम्चा चाट्नोस्,
जति खाए'नि— अरू चीजले छुँदै छुँदैन,
किनभने हामीलाई 'भात' नखाई हुँदै हुँदैन ।
'भात' नै नेपालीहरूको साझा परिचय हो । वास्तवमा त्यो 'भात' मनले चाहेको पनि होइन, हाम्रा आन्द्राहरूको 'डिमान्ड' हो । तपाईंले कुनै दिन भुँडीमा भात हाल्नुभएन वा बिर्सनुभयो भने भित्र आन्द्राहरूले भाषण गर्न थाल्छन्- 'सधैं यो मान्छेले अघि नै सेतो पदार्थ ल्याउँथ्यो । आज त चालचुल छैन- मरेछ कि क्या हो !'
भुजा भन्नोस् कि, खाना भन्नोस् कि, भान्सा भन्नोस्,
आखिर भातै हो— दाल, तरकारी अचार मिसाउने,
खान नपाउनेलाई 'खाते' भन्न हुने,
भात खानेलाई 'भाते' भन्दा,
हामी 'भाते' किन रिसाउने ?
सेमिनार र पार्टीहरूमा बुफेट सिस्टम जो हुन्छ, त्यो जे-जे छ सबै खान होइन, जसलाई जे मीठो लाग्छ— त्यो-त्यो मात्र लिन राखिएको हो । तर, हामी १ सय ३ थरीका आइटम थपी-थपी सबै भ्याइदिन्छौं- हाम्रो गोर्खाली स्टाइल ! एक जना मित्रले यति धेरै बोकेछन्— घाँटी-घाँटीसम्म आएपछि बिरामी परे । उनलाई लाग्यो— 'बजियाहरूले खानामा विष पो हालेका थिए कि !' वास्तवमा खानामा विष होइन, उहाँ आफैंले भुँडीमा बीस हाल्नुभएको थियो । नजिकै एक जना डाक्टर थिए, उनले भने- 'तपाईंले अलि धेरै लिनुभएछ, दुई औंला हालेर थोरै बहिर्गमन गर्नुहोस्, ठीक हुन्छ ।' मित्र बोले- 'दुईवटा औंला हाल्ने ठाउँ भएको भए त एक गाँस तातो भात पो खान्थें ।'
अर्को साझा परिचय हो— हामी वीर गोर्खाली, कहीं, कतै, कोहीसँग, कहिल्यै झुक्दैनौं । बाटोमा कोही केराको बोक्रामा चिप्लिएर लडोस्— हामी त्यसलाई उठाउन जाँदैनौं, हाँस्न थाल्छौं ! किनभने हामीलाई थाहा छ— लडेको मान्छेलाई उठाउन त झुक्नु, निहुरिनुपर्छ ! किनभने हामी वीर नेपालीले झुक्न जानेकै छैनौं ।
बीच सडकमा फोहोरको थुप्रो देखियोस्— त्यसलाई टिपेर साइडमा राख्न सक्दैनौं, नाक थुन्दै गाली गर्न थाल्छौं— 'यो टोलका मान्छेहरू यति पनि त्यहाँ फाल्न सक्दैनन्, कस्ता खत्तम रहेछन् !' मानौं कि आफूचाहिँ कति न उत्तमजस्तो नि !
आफूभन्दा ठूलालाई झुकेर सम्मान गर्न मानेकै छैनौं
सानालाई बसेर माया गर्नुपर्छ भन्ने ठानेकै छैनौं
भीरमा लड्न आँटेको मानिसलाई तानेकै छैनौं
किनभने हामी वीर गोर्खालीहरूले झुक्न जानेकै छैनौं ।
हाम्रो कहिल्यै पनि 'ठीकठाक' हुँदैन, 'ठीकै' मात्र हुन्छ । जिन्दगी 'दौडिँदैन', 'चल्छ' मात्र ! जिन्दगीको सबैभन्दा खुसीको क्षण बिहेमा बेहुलालाई भन्नोस्- 'बधाई छ है, ठीक छ नि ?' जवाफमा बेहुला भन्छन्-'कहाँ ठिक हुनु यार, चल्या छ ।' बिहेको बेला त मात्र 'चल्ने' जिन्दगी कहिले दौडिएला !
हामी हरेक कुरा नकारात्मक सोच्छौं, बोल्छौ । कसैलाई सोध्नोस्—'आराम हुनुहुन्छ ?' जवाफ आउँछ— 'हैन, आरामै छु ।' हामी कहिल्यै सोध्दैनौं- 'आराम भए सुरुवातमै 'हैन' कसरी आयो ?' हाम्रा हरेक प्रश्नको जवाफ 'हैन'बाट सुरु हुन्छ- 'हैन, ठीकै छ', 'हैन, बसौं न', 'हैन, भइहाल्छ नि' ।
यस मामिलामा त मलाई सिक्किमे, दार्जीलिङ्गे नेपालीहरू ठीक लाग्छन् । उनीहरू नकारात्मक कुरालाई पनि सकारात्मक रूपले भन्छन् । सो ध्नोस्- 'सन्चै हुनुहुन्छ ?' जवाफ आउँछ— 'अन्त, अलि टाउको दुख्दैछ हो ।' फेरि सोध्नोस्- 'जाने हैन त नेपाल ?' जवाफ आउँछ- 'अहिले नजाऔं होला हो ।'
'छैन', 'हैन' जस्ता नकारात्मक शब्दबाट सुरु हुने जवाफहरूले कस्तो सकारात्मक छाप छोड्लान्— आफैं विश्लेषण गर्नोस् ! आउनोस्, आजैदे खि 'हैन'को साटो 'हो'बाट कुरा सुरु गरौं— अल इज वेल !!

© http://www.ekantipur.com/saptahik/article/?id=4453
No comments:
Post a Comment