मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Tuesday, December 8, 2009

हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो

उसले आफ्नो कथा यसरी सुरु गरी -
"म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । ...
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।"
उसको अनुहार केही कठोर हुँदै आयो ।
"म एक्लै छु, घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङ्कमा काम गर्छु एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्ण ताको आभास पाउँछु । साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र पनि होइन नि ! मेरो विवशता कहाँ गएर पोख्नु सक्छु र !"
ऊ आफ्नो कुरा भन्दैरही -
"म हरेक बिहान नुहाईधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवान्को दर्शन पनि, मर्निङवाक पनि । सायद भगवान्को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।"
उसले आफ्नो कुरा नढाँटीकन भन्दैगई -
"बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिएका फोहरको डङ्गुलु नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहेर्दै नदीमा पनि कस्तो फोहर बढेको !"
आफ्नो अतीतमा अनायसै फर्किन्छे ऊ -
"समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ !
म सानो हुँदा त्यही खोलाको पानी चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दसैंमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।
मेरी आमा भन्नुहुन्थ्यो, उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नुहुन्थ्यो र त्यहाँको पानी अँजुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ ।"
उसले पौडी खेलेको सम्झी - पौडीमा कति आनन्द आउँछ ! साच्चै पौडी नखेलेको पनि कति वर्षभयो ! पौडी ! आहा ! सम्झिदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै चिट्चिट् पसिना आयो । फेरि यथास्थितिमा र्फकने चेष्टा गरी -
"मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, त्यहाँ रतिक्रियाका अनेक आसन कुँदिएका हुन्छन् । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ ।"
उसका आँखा पेरि टुँडालतिर पुगे । यी सबै दृष्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् ।
उसका आँखा टुँडालका मैथुनिक दृष्यमा निकैबेल अल्झि रहे र त्यो हेर्दाहेर्दै ऊ एकोहोरीरही । उसका आँखा फेरि पाटीतिर पुगे -
त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन् । कोही खरानी घसी लँगौटीमा लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उसका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा मगन्तेहरू सबै खुसीले नै बाँचेका छन् ।
त्यस पाटी अगाडि कृष्ण मन्दिरको छेउमाएउटा सानो महादेवको मन्दिर छ । त्यस मन्दिरमा दुई तीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकषिर्त भइरहन्छन् । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । ऊसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । किनकिन एकपटक उससँग आँखा नजुधेसम्म मलाई सन्तुष्टि हुँदैन ।
म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्तभैरवको दर्शन गर्न कहिल्यै छोडि्दनँ । मलाई त्यहाँ नगएसम्म मन शान्ति हुँदैन । साँच्चै भनु भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत्त भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवको मूर्ति ले नजानिँदो आकर्षा पैदा गरिरहन्छ । अनौठो कुतकुती जगाइरहन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । अनायसै मेरा आँखा मूर्ति का अङ्गप्रत्यङ्ग नियाल्न थाल्छन् । कति कसिलो शरीर ! उन्मत्त भैरवका अङ्गविशेषले मलाई तरङ्गको झड्का दिन्छ । नाम नै उन्मत्त भैरव !
उन्मत्त नग्न भई कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मिठो काउकुती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन् । त्यस काउकुतीबाट म द्रवित हुन्छु - लोग्नेसँगको सम्बन्धबाट हुने तृष्णातउप्तिको अनुभूति हुन्छ मलाई ।"
उसले उन्मत्त भैरवको मूतिलाई तलदेखि माथिसम्म टोलाएर हेरी ।मूर्ति यन्त्रवत थियो र दृढ पनि । उसले विस्तारै मूर्ति चलमलाएको देखि र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।
ऊ अकस्मात उन्मत्त भैरवको मूर्ति लाई अँगालो मान पुगी । बेसरी बाहुपासमा बाँधी । मूर्ति कठोर थियो । मूतिको दृढइन्द्रियले उसको पेट अचेटेपछि बल्ल थाहा पाई - मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।
उसले आफ्नो कथा अघि बढाउँदै गई -
"एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो । म मर्माहत थिएँ । किनकिन अनायसै उससँग आफ्नापन गाँसिएको लाग्यो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्केँ । मनले ऊसँगको सामिप्य खोजेको थियो ।

घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चार्य र हर्षा साथ उसलाई हेरिरहेँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले । कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफूतिर आउन आँखाले इसारा गर्यो । म उसको अँगालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेंरउसैसँग समाहित भएँ । उसको न्यानो र उन्मादी र्स्पर्श शरीरभरि तरङ्गति हुँदै गयो ।

मलाई लाग्यो - म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुई जनाको सङ्गमको क्रीडा कामशास्त्रमा वर्ण्र्ाागरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरहृयो । हाम्रो हारजितको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैंझैं बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घण्टी बज्यो । म झल्याँस्स ब्युँझेँ ।"
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।

No comments: