मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Tuesday, December 8, 2009

#3 in 1

ईन्टरनेटमा खोजेको सबै पाईन्छ भन्ने मान्यता छ तर त्यो सही सर्च इन्जिनको सहयोग लिईयो भने मात्र सम्भब हुनसक्छ । हाल चलनचल्तीमा रहेका सर्च इन्जिनहरुमा www.google.com, www.yahoo.com, www.msn.com तथा www.bing.com छन तर यि सर्च इन्जिनहरुको सहयोग लिदा आफुले चाहेको खोजेको जानकारी सजिलै पाईन्छ भन्ने छैन । यि सर्च इन्जिनहरुले दिने जानकारी एकै किसिमको हुँदैन, कुनै सर्च इन्जिनले अघिल्लो पृष्‍ठमा प्रकाशित गरेको जानकारी अर्को इन्जिनले दोश्रो वा कुनैले तेस्रो पृष्‍ठमा प्रकाशित गरीराखेका हुन्छन । यस्तो अवस्थामा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै पाउन गार्हो हुन्छ । यस्तै समस्याबाट मुक्त गराउन एउटा वेबसाईट www.yahbingoo.com सन्चालनमा आएको छ जसको नाम याहू, बिंग र गूगलको अघिल्लो शब्द जोडेर निर्माण गरिएको छ । यो वेबसाईटको खासियत यो छ कि जब तपाईंले www.yahbingoo.com खोल्नु हुन्छ तब तिनवटै सर्च इन्जिनहरु एउटै पेजमा देखिन्छन । वेबसाईटको माथिल्लो भागमा आफुले खोजेको कुरा टाईप गरेर enter गरे पछि एकै पटक ३ वटै इन्जिनले सर्च गरेर नतिजा देखाउछन यसबाहेक खोजकर्ताले त्यही पेजमा देखिएको ३ इन्जिन मध्य कुनै एक सर्च इन्जिनमा छुट्टै गएर पनि सर्च गर्न सक्छन । एकै पटक एउटै पेजमा ३ वटै सर्च इन्जिनहरुले नतिजा प्रकाशित गर्दा खोजकर्तालाई आफुले खोजेको जानकारी सजिलै प्राप्त हुन्छ भने समयको पनि बचत हुन्छ ।

No comments: