मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Tuesday, December 8, 2009

BIRD SEX SEX


तित्रा, बट्टाइ, मुजूर , लुईचे, कालीज, प्यूरा लगायतका धेरै चराको भालेले एक भन्दा बढि पोथी ओगट्छन। यस्ता बहुपत्नी ओगट्ने चरामा कुनै कुनै भालेहरुले एक दर्जनसम्म पोथीहरुलाई सम्भोग गर्छन। पोथीहरुपनि भालेहरु फेरी फेरी सम्भोग गराउछन। हरेक सम्भोगमा भालेको प्रशस्त शक्ति, विर्य र शुक्रकिट खर्च हुन्छ। एक थोपा शुक्रकिट बन्नकै लागि हजारौ थोपा रगत र अन्य धेरै शक्ति र तत्वको जरुरत पर्छ। कुनैकुनै भालेले त पोथीको एउटा यौन इच्छाकालमा ६० पटक भन्दा बढि पटक सम्भोग गर्छन एउटै पोथीलाई । यति धेरै पोथीसङ्ग सम्भोगगर्दा कसरि तिनको विर्य भण्डारले थेग्छ त ? प्रश्न उठ्छ। धेरै जिवजन्तुको यौन रणनीतिकाबारे सबै जानकारी प्राप्त नभएपनि लुईचेहरुले चाहि किफायती तरिका अपनाउने रहेछन भन्ने पत्ता लागेको छ। लुईचेहरुले प्रत्येक सम्भोगमा एकै परिमाण र तरिकाले विर्य झार्ने गर्दैनन । पोथीको प्रजनन गूणस्तर र वरिपरि भएका भालेसङ्गको प्रतिस्पर्धा हेरेर अड्कली अड्कली छोड्ने रहेछन । आफ्नो अनुबम्शिकी (जीन) स्थानान्तरण गर्ने बेला वा गर्भ बसाल्ने बेलाको सम्भोग अरु बेलामा भन्दा झन जटिल तरिका अपनाउने रहेछन।
सम्भोगको बेला भालेहरुले कसरि घटाउने र बढाउने गर्छन भन्ने पत्ता लागिसकेको त छैन तर किरादेखि स्तन्धारीसम्म धेरै जिवमा यो लागू हुन्छ भन्नेचाहि निर्क्यौल भइसकेको छ। धेरै जिवले फरक फरक तरिकाले विर्य खसालेको अवलोकन गरिएको छ। पोथीहरुले एक भन्दा धेरै भालेसङ्ग जथाभावी यौन सम्सर्ग गराउनाले अन्य भालेको विर्यसङ्ग प्रतिस्पर्धा गर्न यस्तो रणनीति अपनाउने गर्छन।
विशेषज्ञहरुका अनुसार भालेहरुले परिचित पोथीसङ्ग सम्भोग गरेको बेलाभन्दा अपरिचित पोथीसङ्ग सम्भोगगर्दा धेरै विर्य छोड्ने गर्छन। धेरै भालेसङ्ग सम्भोग गराउने र ठूलो सिउर भएका पोथीसङ्ग सम्भोग गर्दापनि तुलनात्मकरुपमा धेरै खसाउने गर्छन*। परिचित पोथीहरुको आनीबानीका बारेमा भालेलाई जानकारी हुन्छ। अपरिचित पोथीहरुकाबारेमा जानकारी नहुनाले त्यस्ता पोथीहरुले धेरै भालेसङ्ग सम्भोग गराउन सक्ने हुनाले यो तरिका अपनाउँछन। भालेहरुबिच प्रतिस्पर्धा गर्नुनपर्दा भने आफ्नो विर्य खेर जाने जोखिम कम हुनाले थोरै खसाल्ने रहेछन। यसो गर्दा तिनको भण्डारमा विर्य धेरै सन्चित हुन्छ। भविष्यमा धेरै प्रतिस्पर्धा गर्नुपर्दा धेरै प्रयोग गर्न पाउछन। भालेहरुबिच सम्भोगको प्रतिस्पर्धा बढ्दै जाँदा अरुमाथि आधिपत्य जमाउने (dominate) भालेहरुले विर्यको मात्रापनि बढाउदै जान्छन। तर कमजोर भालेहरुले भने तिन वटाभन्दा बढिसङ्ग प्रतिस्पर्धा गर्नु परे घटाउन थाल्ने रहेछन। यसमा सम्भवत हार्न सकिने धेरै जोखिम हुने गर्छ।
कमजोरभालेहरुलाई दबाउने र धेरै पोथीलाई आफ्नो काबुमा राख्ने बलिया भालेहरु (dominant males) ले कहिलेकाहि त प्रतिस्पर्धानै गर्नु पर्दैन। त्यसैले तिनको भण्डारमा धेरै विर्य सन्चित हुनाले आवश्यकपर्दा धेरै विर्य तुर्क्याउन सक्छन । पोथीहरुले पुराना भालेसङ्ग सम्भोगगर्दा विर्य लिइसकेका हुनाले नयाँ, कम अनुभवी र कमजोर भालेहरुले तिसङ्ग प्रतिस्पर्धा गर्नै पर्छ । बैज्ञानीकहरुले जिवजन्तुको यो जुक्तिलाई हामी मानिसले किन्ने चिठ्ठासङ्ग तुलना गरेका छन।
आखिर चिठ्ठा चिठ्ठा न हो, पर्छ नै भन्ने निश्चितता त कहाँ हुन्छ र ? तर जती धेरै किन्यो उती पर्ने सम्भावना बढि हुन्छ। चिठ्ठाका प्रतिस्पर्धिहरु धेरै छन भने अली धेरै किने पर्ने सम्भावना बढि हुन्छ। प्रतिस्पर्धिहरु कम छन भने थोरै किनिन्छन। तर प्रतिस्पर्धिहरु अति धेरै छन भने धेरै पैसा खर्च गरेर अली धेरै किनेपनि पैसा खेर जाने सम्भावना हुन्छ। बेकारमा धेरै पैसा खर्च हुने जोखिम मात्रै बढ्छ। त्यसैले बरु भविस्यमा कम प्रतिस्पर्धाभएकाबेला किन्नकालागि रकम बचाउनु उपयुक्त हुन्छ। जिवजन्तुलेपनि प्रतिस्पर्धा कम र अली बढि भएको बेला हामीले राइफल चिठ्ठा खरिद गरे जस्तै रणनीति अपनाउने गर्छन।
बैज्ञानीकहरुले के पनि पत्ता लगाएका छन भने भालेहरुले ठूलो सिउर भएका पोथीसङ्ग पहुच बनाउन चाहन्छन। यस्ता आभूषण भएका पोथीहरुले धेरै, ठूलो र स्तरिय डिम्ब उत्पादन गर्न सक्ने रहेछन साना आभूषण भएका पोथीले भन्दा। लामो सिउरका पोथीले पार्ने फुलमा पहेलो भागको मात्रापनि धेरै र स्तरिय हुने रहेछ। यस्तो फुलबाट कोरलिएका वचेरा बढि स्वस्थ हुन्छन। कमजोर फुलबाट कोरलिएका वचेरा कमजोरनै हुने भए। त्यसैले हैकम चलाउने र कमजोर भालेहरुले धेरै विर्य खसाल्न खोज्छन ***।
कुखुरा र अन्य जिवमा लागू हुने यो रणनीतिसङ्ग मानव जिवनको पनि कतै न कतै समानता भेटिने रहेछ। यदि एउटी महिलालाइ कुनै पुरुषले यौन कृया गरेको थाह पाएपछि पछिल्लो पटक यौन कृया गर्ने पुरुषको यौन कृयामापनि विर्यको मात्रा बढछ भन्छन बैज्ञानीकहरु। किनकी प्रतिस्पर्धा चल्नासाथ पुरुषहरुमा तदारुकता थपिने गर्छ। प्रतिस्पर्धा चलेको बेला पुरुषलेपनि धेरै र अझ स्तरिय विर्य छोड्छन। दुई पुरुषसङ्ग एक्ली महिला देखेकोबेला बढि उत्तेजित हुने , धेरै र स्तरिय विर्य झार्ने गरेको पाए बैज्ञानीकहरुले दुई महिलासङ्ग एक्लो पुरुष भएको बेलामा भन्दा** । त्यसैगरि पुरुष चित्र हेर्नेले भन्दा महिलाको चित्र हेर्ने पुरुषहरुले धेरै विर्य खसाल्ने रहेछन। कुनै भालेले आफ्नी पोथीका फुल गुँडमा कुरेर बसेको देख्दा भन्दा भिडियोमा पोथीसङ्ग अर्को कुनै भाले नाचिरहेको देख्दा बढि विर्य खसाल्ने रहेछ।
भालेहरुले धेरै पोथी ओगट्ने र धेरै विर्य खर्चिनुको कारण के हो भने आफ्नो शक्ति र पोषण लागानी अनुसार पोथीलाई फुल उत्पादन गर्नभन्दा भालेलाई विर्य उत्पादन गर्न कम खर्चिलो पर्छ। र कम कठिन पनि। त्यसैले भालेहरुको रणनीति जतिसक्दो धेरै पोथीसङ्ग सम्भोग गर्नु हुन्छ। उता पोथीहरुको निम्ति भने भालेबाट लिने विर्यमा भएको शुक्रकिटले भविष्यका सन्तानको निर्क्योल गर्छ। वचेरा रोगी भएमा तिनलाई हुर्काउनपनि उत्तिकै कठिन हुन्छ जसलेगर्दा आफ्नो जिवन समेत जोखिममा पर्छ। त्यसैले पोथीहरुले धेरै भालेका विर्यलाई परिक्षण गरेर उपयुक्त शुक्रकिटबाट गर्भ लिने गर्छन। जति धेरै भालेलाई सम्भोग गरायो उति धेरै भालेका बिजहरुलाई प्रतिस्पर्धा गराएर छनौट गर्ने मौका पाउँछन पोथीहरुले। (फोटो साभारस् नेशनल ज्योग्राफि)
सन्दर्भ सूची:

No comments: