मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Tuesday, December 8, 2009

गजल

तलाउमा कमल फुल्दाको मजै बेग्लैतिमीसँगै उपवन डुल्दाको मजै बेग्लै ।
अञ्जुली भरी खुशी लिएर आएछ यो दिनमधुर मिलनमा संसार भुल्दाको मजै बेग्लै ।
मन्द मन्द छ हावा मधुर हुदै छ सूर्यगोधुलीमा तिम्रो रुप खुल्दाको मजै बेग्लै ।
तिमी ममा हरायौ, म हराँए तिमीमाएकाकार, आफैलाइ भुल्दाको मजै बेग्लै ।
प्रेमालाप छ जताततै, वल्लो छेउ पल्लो कुनातलाउको किनारामा सूर्य ढल्दाको मजै बेग्लै ।

No comments: