मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out
Showing posts with label बुद्धिसागर. Show all posts
Showing posts with label बुद्धिसागर. Show all posts

Friday, August 5, 2011

मैले भगवान देखें

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । 'अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,' यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती

धन्यै मरिगएको .

कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि 'भिआइपी' साहुजीलाई छट्पटी थियो। होटलको नाम 'भिआइपी' राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो।
मसित उनका नौ-दस वर्षका दुइ छोरा र

अलबिदा भवानी दाइ

भवानीदाइले एकहप्ताअघि एउटा साहित्यिक कार्यक्रममा मलाई कोट्याएका थिए, 'खै कविता देको ?'म हाँसिरहे।
'भानुको नयाँ अंक आउनै लाग्यो,' मोटो पावरदार

शहरमा एउटा परदेशी

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो ...
सँधैं-सँधै बग्ने खोली एकै छिन रोकिइदेऊ
तिम्रो बेगसंग मलाई अलीकती काम थियो।
गजलकार ललिजन रावलको कामको 'बेगवान नदी' काठमाडौंमा छैन। बेगवान नदी खोज्ने नै हो भने ललिजनले

छोरी माग्न जाँदा

करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, 'कविजी, अब बिहे गरौं।'
म हाँसेँ।
'बिहे नगरेर नै

मेरो पट्टु

‘बुद्धि उठ्।'
यसपल्ट सुगा एकपल्ट मात्र करायो अनि उसका पखेटा भ्यात्त भ्यात्त फड्फडाए। म निद्रामै थिएँ। झस्किदै उठेँ, सुगा किन यसरी करायो?
कठै, पिँजरा बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए।
लौ, केले तानेर लग्यो सुगालाई?
मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ।
के गरूँ के गरूँ भयो।
अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो
अझै हल्लिरहेकै थियो। सुगाका चुडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए।
...
४८ सालतिरको कुरा होला, कैलाली,

जन्डिस

होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको 'दुई शब्द'लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ।

रातभर चन्द्रमा खसिरह्यो

पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने।
पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्।
शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर आशीर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिन मेरा आँखामा झलझली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना

दोस्रो प्रेम

रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको

गैंडा टाइम्स

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।
'केटा,' आवाज आयो।
मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ।
'म केटा होइन,' मैले ठूलो आवाजमा भनेँ, 'म गैंडा हुँ, देख्दैनौ चाचरी हो?'
मेरो आवाज सुनेर दुइटी केटी तर्सिए।
'हामी मान्छे गैंडाको बच्चालाई केटा भन्छौं,' एउटी कम्मरमा हात राख्दै ठिंग उभिई।
'आफ्नो प्रेमीलाई पनि केटा त भन्छौं नि,' म उठेँ, 'मलाई पनि प्रेमले केटा भन न त!'
'यस्तो नाकमा सिङ भएकोसित पनि के मायापिर्ती लाउनु?' एउटी अल्लि नजिक आई, 'के माला सिङमा झुन्ड्याइदिनु?'
मैले नियालेँ - छेउमा आउने केटीले टाउकोमा सल राखेकी थिई। गालामा मसिना पसिना थिए। पसिनामा औंलाले प्याट्ट हानूँ जस्तो लाग्यो।

एक मच्छडको आत्मकथा

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि

पिलपिल [लाइभ]

सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ

काठमान्डु, म हारेर फर्कन्नँ

अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो