मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, July 12, 2012

स्वर्ग बंक


अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।


हिँडेको हिँड्यै छु।

सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न।

बीचमा एकजना बुढा भेटिएका थिए। नेपाली नै रैछन्।
‘कता हिँड्यौ?' उनले सोधेका थिए।
‘मरेदेखि यै सिढी उक्ल्या छु।'
‘तिमी त जवानीमै मरेछौ, मज्जाले हिँड्न सक्छौ,' बुढाले सास फेर्दा जिब्रो बाहिर निकालेका थिए, ‘आफूलाई त केको श्राप परेको हो, कुन्नि! बुढेसकालमा मरँे। हिँड्नै सक्दिनँ।'
‘बिस्तारै हिँड्नुहोला,' मैले भनेको थिएँ, ‘यो सिढी स्वर्गैतिर त लाग्या होला।'
बुढा केही भन्न खोज्दैथे। म हुत्तहुत्त माथितिर दगुरेको थिएँ।
त्यसपछि कोही नेपाली भेटेको छैन।

Sunday, September 18, 2011

व्यङ्ग्यः गुँदपाक बुलेटिन

वाणिज्य विभागले गुँदपाक भण्डारमा छापा मारेपछि आजभोलि सहर बजारमा जताततै गुँदपाककै चर्चा छ। त्यस्तै चर्चालाई व्यङ्ग्यको रुप दिएका छन् चिरञ्जीवी पौडेलले-
बोक्सीको आरोपमा गुँदपाक कोच्याइयो
कथित बोक्सीको आरोपमा सप्तरीकी एक महिलालाई गाउँलेहरुले जबरजस्ती मुखमा गुँदपाक र रसभरी कोच्याएका छन्। महिलाको सिकिस्त अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
अस्पतालको सैय्याबाट उनले भनिन्, ‘यो भन्दा त बरु गू नै कोच्याएको भए कम्तिमा अस्पताल त आउन पर्दैनथ्यो।’ प्रत्यक्षदर्शीहरुका अनुसार महिलाकी कान्छी छोरीको अनुहारमा पनि गुँदपाकका छिटाहरु परेको थियो। गुँदपाक ख्वाएर ज्यान मार्ने उद्योग गरेको भन्दै पीडितका परिवारले प्रहरीमा जाहेरी दिएका छन्। स्थानीय मानवअधिकारवादी संघ–संस्थाहरुले गुँदपाक र रसभरी खुवाउनेलाई कडाभन्दा कडा कारवाहीका लागि सरकारसमक्ष माग गरेका छन्।

गुँदपाक खाएर आत्महत्या
प्रेममा असफल भएपछि एक तेस्रोलिंगी युवतीले गुँदपाक खाएर आत्महत्या गरेकी छिन्। आफूजस्तै अर्की युवतीसित बिहे गर्न खोज्दा परिवारले अस्वीकार गरेपछि आत्महत्याको बाटो रोजेको उनले बताइन्।
उनको शव नजिकै एउटा सुसाइड नोट र गुँदपाकको खाली पोका भेटिएको प्रहरीले जनाएको छ। युवतीका ‘फादर’ भन्छन्, ‘मुसा मार्न भनेर घरमा एक प्याकेट गुँदपाक ल्याएको त ‘डटर’ले ‘मिडनाइट’मा कोप्ल्याक्क पारिछ। मेरो त ‘शिप’ नै डुब्यो।’ मृतक युवतीले भने स्वादिलो तथा चाँडो असर गर्ने भएकाले आफूले मृत्युका लागि गुँदपाक नै रोजेको सुसाइड नोटमा बताइन्।
विष व्यवसायीहरु मर्कामा
गुँदपाक लगायतका खाद्य वस्तुहरु विषाक्त रहेको पाइन थालेपछि असली विष उत्पादकहरु विस्थापित हुन थालेका छन्। उनीहरुले वाणिज्य विभागले गरिरहेको बजार अनुगमन तत्कालै रोक्न माग पनि गरेका छन्।
विष व्यवसायीहरुका अनुसार वाणिज्य विभागले अनुगमन थालेलगत्तै विषको बजार घट्न सुरु भएको हो। आत्महत्याका लागि मानिसहरुले ठूलो परिमाणमा विष उपभोग गर्ने गरेकोमा अहिले त्यसको ठाउँ गुँदपाक र मिष्ठान्नहरुले लिन थालेको छ। उपभोक्ताहरुले भने विष उत्पादकहरुकै कारण उनीहरुको बजार संकटमा परेको आरोप लगाएका छन्। विषमा अत्यधिक मिसावट हुने गरेकाले यसको प्रभावकारिता त्यति नरहेको उनीहरुको दावी छ।
अब एकैछिन कमर्सियल ब्रेक-
विज्ञापन
श्रीमती हैन यो मध्यरातमा के गर्न लाग्नुभएको?
श्रीमानः देखिनौ, झुण्डिएर आत्महत्या गर्न लागेको!
श्रीमतीः आत्महत्या गर्न पनि सिलिङमा झुण्डिरहनु पर्छ त? एक पाकेट गुँदपाक किनेर खाए त भइहाल्छ नि !
श्रीमान : ए हो र? अनि यो कहाँ पाइन्छ नि?
श्रीमतीः न्यूरोड गेटसँगै रहेको गुँदपाक भण्डारमा।
श्रीमानः महंगो पनि त होला?
श्रीमतीः गुणस्तरका लागि दुई–चार पैसाको मुख हेर्नु पनि त भएन नि!
श्रीमानः त्यो त हो। म भोलि नै न्यूरोडमा रहेको गुँदपाक भण्डारमा जान्छु।
दुवै : बालकदेखि बृद्धसम्मका लागि न्यूरोडको गुँदपाक।
बच्चा : यसको स्वाद पनि कत्ति मिठो छ!
(तपाईं पनि अकाल मृत्युको सपना साकार पार्न चाहनुहुन्छ भने न्यूरोडको गुँदपाक भण्डारमा सम्पर्क राख्नुहोला!)
यसका साथै आजको हाम्रो यो गुँदपाक बुलेटिनको समय यहीँ सकिएको छ। ताजा अपडेटका लागि हेर्दै गर्नुस् गुँदपाकभित्रको खबर….


गुँदपाक को बारेमा किन यस्तो भनेर जान्नको लागि लागम हामि history तिर

Friday, August 5, 2011

बकैनाको बूढो रुख

समयले आरुका रुखमा 'हाइटेक सपना' फुलाएको छ, आरुबारीमा । आरुबारी बसपार्कको उँभोतिर एउटा पीपलको रुख कसैलाई कुरेर बसेको छ, टुक्रुक्क । त्यसकै तल उमेरले धेरै रिंग्याएकाजस्ता वृद्ध पनि टुक्रुक्क बसेका छन् । के यिनले चिन्लान्, उनलाई ?
उनले भनेका थिए, 'आरुबारीमा आएर जसलाई सोधे पनि भनिदिन्छन्, मेरो ठेगाना ।'
निर्धक्क आफ्नो 'ठेगाना' बनाएका उनी थिए- रमेश विकल । जो कोर्सका कथाहरूमा आफ्नो परिचय बोकेर कैलालीको मटेरामा पनि आइपुगेका थिए ।

मैले भगवान देखें

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । 'अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,' यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती

धन्यै मरिगएको .

कात्तिक अन्तिम हप्ता थियो, सायद। बिहानैदेखि 'भिआइपी' साहुजीलाई छट्पटी थियो। होटलको नाम 'भिआइपी' राखेदेखि उनको नामै भिआइपी साउजी भएको थियो। सधैं दौरासुरुवाल र स्टकोटमा यताउता दगुरिरहन्थे। त्यसदिन हतार झन् बढेको थियो।
मसित उनका नौ-दस वर्षका दुइ छोरा र

अलबिदा भवानी दाइ

भवानीदाइले एकहप्ताअघि एउटा साहित्यिक कार्यक्रममा मलाई कोट्याएका थिए, 'खै कविता देको ?'म हाँसिरहे।
'भानुको नयाँ अंक आउनै लाग्यो,' मोटो पावरदार

शहरमा एउटा परदेशी

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो ...
सँधैं-सँधै बग्ने खोली एकै छिन रोकिइदेऊ
तिम्रो बेगसंग मलाई अलीकती काम थियो।
गजलकार ललिजन रावलको कामको 'बेगवान नदी' काठमाडौंमा छैन। बेगवान नदी खोज्ने नै हो भने ललिजनले

छोरी माग्न जाँदा

करिब एकवर्ष अघि जन्डिसले ग्रस्त एकजना मित्रले पुरानो बानेश्वरको आफ्नो घुर्मेलो डेरामा बोलाएर मलाई भनेका थिए, 'कविजी, अब बिहे गरौं।'
म हाँसेँ।
'बिहे नगरेर नै

मेरो पट्टु

‘बुद्धि उठ्।'
यसपल्ट सुगा एकपल्ट मात्र करायो अनि उसका पखेटा भ्यात्त भ्यात्त फड्फडाए। म निद्रामै थिएँ। झस्किदै उठेँ, सुगा किन यसरी करायो?
कठै, पिँजरा बेस्मारी हल्लिरहेको थियो। त्यसमा सुगा थिएन। पिजराका खियादार मसिना तार भाँच्चिएका थिए।
लौ, केले तानेर लग्यो सुगालाई?
मेरो मुटु चिसो भयो। पिजरा झुन्डिएकै ठाउँनेर दुई घरका भित्ताबीच मसिनो चर थियो, त्यतै लगेको हुनुपर्छ। चर मान्छे पस्न सक्ने खालको थिएन। भित्रसम्म चिहाएँ, केही देखिनँ।
के गरूँ के गरूँ भयो।
अत्तालिएर फेरि पिजरातिर हेरेँ, त्यो
अझै हल्लिरहेकै थियो। सुगाका चुडिएका प्वाँख भने हुरी चल्दा खसेका सालका हरिया पातझैं झरिरहेका थिए।
...
४८ सालतिरको कुरा होला, कैलाली,

जन्डिस

होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको 'दुई शब्द'लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ।

रातभर चन्द्रमा खसिरह्यो

पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने।
पुराना कैयौं दिन यस्ता हुँदारैछन्, जो भित्री दिमागमा चेपिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्।
शिवरात्रिको तयारीसहित पशुपतिका भर्‍याङ, चेप र घुम्तीहरूमा धुवाँ बेस्मरी उड्न थालेपछि, नांगा बाबाहरूले हातमा झाडु समाएर आशीर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिन मेरा आँखामा झलझली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना

दोस्रो प्रेम

रातिदेखि नै बेस्मारी हिउँ पर्न थालेको थियो। फुसफुस कपासझैं खसेको हिउँले बिहानसम्म त दोकानअगाडिको सडक सेताम्मे पारेछ। मुखबाट निस्केको तातो बाफलाई परपरसम्म उडाउँदै म टोलाइरहेको थिएँ। अनुहार धुने उत्साह पनि भएन। ज्यान पुरै कठ्याङि्ग्रदै गइरहेको

गैंडा टाइम्स

सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ - एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु।
'केटा,' आवाज आयो।
मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ।
'म केटा होइन,' मैले ठूलो आवाजमा भनेँ, 'म गैंडा हुँ, देख्दैनौ चाचरी हो?'
मेरो आवाज सुनेर दुइटी केटी तर्सिए।
'हामी मान्छे गैंडाको बच्चालाई केटा भन्छौं,' एउटी कम्मरमा हात राख्दै ठिंग उभिई।
'आफ्नो प्रेमीलाई पनि केटा त भन्छौं नि,' म उठेँ, 'मलाई पनि प्रेमले केटा भन न त!'
'यस्तो नाकमा सिङ भएकोसित पनि के मायापिर्ती लाउनु?' एउटी अल्लि नजिक आई, 'के माला सिङमा झुन्ड्याइदिनु?'
मैले नियालेँ - छेउमा आउने केटीले टाउकोमा सल राखेकी थिई। गालामा मसिना पसिना थिए। पसिनामा औंलाले प्याट्ट हानूँ जस्तो लाग्यो।

एक मच्छडको आत्मकथा

अफिसमा पस्नासाथ रिसेप्सनबाट मैले एउटा पुलिन्दा पाएँ। रिभ्युका लागि आएको किताब होला भनेर खोल्न हतार गरिनँ। साँझ घर फर्किने बेला के रैछ भनेर खोलेँ। भित्र तहतह मिलाइएका थोत्रा कागजका पन्ना थिए। एकदम केरमेट। कसैले रिभ्युका लागि पान्डुलिपि नै पठायो कि

स्वर्ग बंक १,२,३

अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।
माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु।

पिलपिल [लाइभ]

सल्लाघारी भुइँकुहिरोले भरियो। रमेश र म चिरानीले सालका रूख चिरेको हेरिरहेका थियौं। पानी दर्किन थालेपछि घरतिर दगुर्‍यौं। आधा घन्टापछि, मान्मबजारको वल्लो किनारमा पुग्यौं। म भित्रसम्म भिजेको थिएँ। घरघरमा ओत लाग्दै हिँडिरहेको थिएँ। उसलाई देखेँ। ऊ

काठमान्डु, म हारेर फर्कन्नँ

अघिल्लो दिन र रात मैले भोकै कटाएको थिएँ। मेरो मनिब्यागमा फुटेको कौडी थिएन, थिए त केवल ठुल्ठुला मान्छेका बिजनेस कार्ड। जसमा म नम्बर डायल गर्न सक्दिनथेँ। आँटै गरेपनि मसँग लोकल कल गर्ने तीन रुपियाँ थिएन। बिहानै पेट कताकता दुखेजस्तो भइरहेको थियो। भोको बस्दा कसरी आन्द्रा बटारिन्छन् भन्ने मैले बल्ल थाहा पाएको थिएँ। बिहानपख कसरी मुख मिठो

Monday, July 18, 2011

कमिलालाई ईश्वरले अनौठो किसिमको किरा वर्गमा पर्ने प्राण धारीको रुपमा सृष्टि गर्नु भयो । यो जमीनको लगभग सबै भागमा पाइन्छ । धेरै जसो कमिलाहरु रातो या कालो रंगको हुन्छन्, तर केही प्रजातिहरु हरियो या धात्विक चम्किलो रंगको पनि हुन्छन् । कमिलाको खुट्टाहरु ६ वटा हुन्छन् जस मध्ये एक साइडमा तीनवटा र अर्को साइडमा तीनवटा हुन्छन् । तिनका खुट्टाहरु धेरै बलिया हुन्छन्, यसैले यिनीहरु धेरै छिटो हिंड्न सक्छन् । कमिलाको ब्रेन सेलहरु २५०,००० हुन्छन् तर मानिसको १०,००० मिलिय

Sunday, June 26, 2011

आधुनिक पुराण

म त भन्छु भगवान आखाँ नबनाउ, हैन भने राम्री राम्री केटी नबनाउ, बनाउनै भए देखी म भन्दा जेठी नबनाउ । दौरा बनाउ भगवान भोटो नबनाउ, लुगा बनाउ भगवान छोटो नबनाऊ, पेन्ट बनाउ भगवान टाइट नबनाऊ, बस्ने बनाउ भगवान खस्ने नाबनाऊ । पुरानमा लेखिएको असजीलो देखिएको मात्री सत्ता र प्रीती सत्ताको जथ्था उपनाको रुपमा हेर्न सक्छौ, नारिलाई अधिकार दिने चलन देउताको पालादेखी चलेको न खोस्न सक्छौ न फेर्न सक्छौ । धन लक्ष्मीलाई,शिक्षा सरस्वती लाई, शक्ती दुर्गालाई विचरा माहदेवले के लिए बाघको छाला र सर्पको माला, श्रीमती पार्वतीको गहना र लुगा हेर्दा आखा तिरमिराउछ धपक्क बलेर्, श्रीमान माहादेब नाङगै हिडनु भयो जिउभरी खरानी दलेर । हाम्री स्वास्निले त टाउको मा जूम्रा पर्दा टिपेर फयालिदिन्छे महादेब्को घाटिमा तेत्रो गोवन सर्प बेरिदा हेरिरहने पार्वती कस्ती मान्छे, हामी अलिकती रक्सी पिउदा श्रीमती छेक्न आउछे भन्छी नपिउनुस रक्सिले फाइदा गर्दैन्, महादेवले विष पिउदा छेक्न जान पर्छ कि पर्दैन । की त अडिक महादेवले पार्वतीलाई कुटेको हुनुपर्छ नत्र पार्वतीलाई अर्को रिस उठेको हुनुपर्छ । कुनै पुरानमा देउताले स्वास्नी कुटेको कथा आउ दैन किन गोप्य राखिन्छ । हामीले स्वास्नी लाई छुस्स छुयौ भने भोली पत्रीका मा छापिन्छ । मेडम पार्वती को मनसा य के हो किरात रुप लिएर मृग स्थलामा मोज गर्न जादा पछी पछी लखेटने रोध रुप लिएर गोसाइकुण्डमा डुबन जादा वास्ता नगर्ने, पार्वतीले प्रेम गरेकी भए किन सात वर्षकी गोमा सित विहे गर्न जानु पर्थ्यो, दही दुध खन दिएकी भए विष भाङग धतुरो किन खा

सेकेन्ड डिभिजन

जसरी 'ठूलो मान्छे बन्नुपर्छ' भन्ने सिद्धान्त फेल खाएर 'असल मान्छे हुनुपर्छ' भन्ने विचार अगाडि आयो, त्यसैगरी 'फस्र्ट नै हुनुपर्छ' भन्ने  विचार विफल भएर 'सेकेन्ड बन्नुपर्छ' भन्ने सिद्धान्त सफल हुने सम्भावना बढेको छ। कोही अभिभावकको दबाबले 'फस्र्ट डिभिजन' आउने वा  कुनै शिक्षकको असक्षमताले 'सेकेन्ड डिभिजन' ल्याउने भन्ने हुँदैन।



'स्नातक' मात्र गरेका पुष्पकमल दाहाल 'प्रचण्ड' देशको प्रधानमन्त्री भैसके, २०२६ सालमा 'बोर्ड फस्ट' भएर 'डक्टरेड' गरेका बाबुराम भट्टराईले अर्थमन्त्रीमै अल्झिनुपरेको छ ! मात्र, 'स्व-अध्ययन' गरेका सुशील कोइराला कांग्रेस सभापति बनेका छन्, बीए